after_navbar

धानबाली नकाट्न र लामो दूरीको यात्रा नगर्न सुझाव


१ घण्टा अगाडि


दाङ । मौसमविद्हरूले सम्भावित वर्षा र मौसमी जोखिमलाई ध्यानमा राख्दै पाकेको धानबाली नकाट्न तथा पहाडी राजमार्गमा लामो दूरीको यात्रा नगर्न सुझाव दिएका छन्।

मौसम पूर्वानुमान महाशाखाका अनुसार आउँदो बुधबारसम्म मौसम सामान्यतया सफा रहनेछ। बिहीबार भने कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका एक-दुई स्थानमा भारी वर्षा र हिमपातको सम्भावना छ।

कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका धेरै स्थानमा तथा लुम्बिनीका केही र कर्णाली तथा सुदूरपश्चिमका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ।

वर्षाका कारण बाढी, पहिरो र भूक्षयको जोखिम बढ्न सक्ने भएकाले उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न र पृथ्वी तथा बीपी राजमार्गमा यात्रा गर्दा विशेष सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्। आधिकारिक मौसमी सूचना हेरेर आवश्यक पूर्वतयारी गर्नसमेत उनीहरूले सुझाव दिएका छन्।

प्रतिक्रिया दिनुहोस

data-href="