बर्दिया,२२ फागुन । बर्दियाको ठाकुर बाबामा एकल महिलाको हत्याको आरोपमा उनका भिनाजु र बुहारी पक्राउ परेका छन्। बर्दियाको ठाकुरबाबा नगरपालिका–१ की ५१ वर्षीया राधा बोहरा हत्याको आरोपमा उनीहरू पक्राउ परेका हुन्।
एकल जीवन बिताइरहेकी बोहरा धुरीखाँबोमा बाँधिएको अवस्थामा फेला परेकी थिइन् । प्रहरीले प्रारम्भिक अनुसन्धानपछि खुलासा गर्यो उनलाई हत्या पछि खाबोमा बाधिएको रहेछ।
हत्या आरोपमा उनका भिनाजु ६९ वर्षीय शान्तबहादुर खत्री र खत्रीकी बुहारी २४ वर्षीया उमाकुमारी खत्री पक्राउ परेका छन्। प्रहरीले फागुन १५ गते जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएर उनीहरूलाई नियन्त्रणमा लिएको हो।
राधा एकल आमा थिइन्। उनकी एकमात्र छोरी अमेरिकामा छन्। आफ्नै दिदी–भिनाजुको नजिकै उनले एउटा सानो कटेरो भाडामा लिएकी थिइन्, आश्रयका लागि। गुजाराका लागि उनी रक्सी पारेर बेच्थिन्। तर, यही संघर्षले उनलाई अन्ततः मृत्युको नजिक पुर्यायो।
राधा र उनका भिनाजु शान्तबहादुरबीच केही वर्षदेखि लेनदेनको विवाद चलिरहेको थियो। दुई–तीन वर्ष अघि राधाले भिनाजुलाई ९० हजार रुपैयाँ ऋण दिएकी थिइन्। तर, पैसा फिर्ता माग्दा शान्तबहादुरले साटोमा जग्गा दिने आश्वासन दिए। जब उनले देखाएको जग्गा विद्युतको हाइटेन्सन लाइनमुनि परेको थाहा पाइन्, राधाले जग्गा नलिने बताइन् र नगद नै फिर्ता गर्न आग्रह गरिन्।
तर, अत्यन्तै रिसाहा स्वभावका शान्तबहादुरले त्यो कुरा मनमा राखे। लेनदेनकै कारण दुई वर्षदेखि उनीहरूबीचको सम्बन्ध चिसिएको थियो। यही रिस र वैमनस्यताले अन्ततः हत्याको योजना बुनियो।
प्रहरीका अनुसार, शान्तबहादुरले आफ्नो बुहारी उमाकुमारीसँग मिलेर हत्या गरेका थिए। घटनाको राति, दुई बजेदेखि तीन बजेसम्म शान्तबहादुर र उमाकुमारीको मोबाइलमा लामो कुराकानी भएको देखिएको छ।
अनुसन्धानमा प्रयोग गरिएको तालिमप्राप्त कुकुर बारम्बार शान्तबहादुर बाख्रा चराउने ठाउँसम्म पुगेर अलमलिएको थियो।
हत्या भएलगत्तै प्रहरी घटनास्थलमा पुग्दा शान्तबहादुर बाख्रा चराउन गएका थिए। तर, प्रमाणहरूले उनी र उनकी बुहारी नै घटनाका प्रमुख योजनाकार रहेको पुष्टि गर्दै लगे।
राधाकी दिदीको घटनामा संलग्नता देखिएको छैन। घटनामा राधाकी दिदीको भने संलग्नता नदेखिएको एसपी खनालले बताए।
राधा मृत भेटिएको घटनापछि प्रहरी पुग्दा शान्तबहादुर बाख्रा चराउन गएका थिए। अनुसन्धानका लागि प्रहरीले लगेको तालिमप्राप्त कुकुर पनि पटकपटक शान्तबहादुर बाख्रा चराइरहेको ठाउँसम्म पुगेर अलमलिने गरेको एसपी खनालले बताए।
‘कुकुर दुई पटक शान्तबहादुर कहाँ पच्छ्याउँदै पुगेको हो,’ एसपी खनालले भने ‘ शान्तबहादुरले बाख्रा चराउन लगेको हुँदा बाख्राकै गन्धले कुकुर केही अलमलिएको थियो, उनले भने।
अनुसन्धानकै क्रममा घटना भएको राति २र३ बजेको बीचमा शान्तबहादुर र उनको बुहारी उमाकुमारीको फोन लामो समय व्यस्त रहेको देखिएको छ।
घटनामा उनीहरूको संलग्नता पुष्टि हुने प्रशस्त आधारहरू भेटिएको एसपी खनालले बताए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस