after_navbar

ससुराली जान हिडेका वडा अध्यक्ष दुई दिनदेखि सम्पर्कविहीन


भदौ १, २०८२


कालीकोट, १९ भदौ । रास्कोट नगरपालिका–८ का वडा अध्यक्ष मनिराज बराल दुई दिनदेखि सम्पर्कविहीन बनेका छन्।

ad

भदौ १८ गते बिहान ससुराली जान्छु भन्दै घरबाट निस्किएका बराल त्यसयता फोन वा अन्य माध्यमबाट सम्पर्कमा आएका छैनन्। उनका दाइ बिष्णुप्रसाद बरालले बताए अनुसार दिउँसो ३ बजे फोन गर्दा पनि फोन उठेन र हालसम्म उनले प्रयोग गर्ने मोबाइल अफ रहेको छ।

बराल तत्कालीन माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्ष हुन्। परिवार, समाज र वडा कार्यालयसँग राम्रो सम्बन्ध रहँदा पनि अचानक सम्पर्कविहीन भएपछि परिवारमा चिन्ता बढेको छ।

रास्कोट नगरपालिकाले वडा अध्यक्षको खोजीका लागि सार्वजनिक आव्हान गर्दै सामाजिक सञ्जालमार्फत पनि खोजी कार्य भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="