खेल

ओमानलाई ६० रनमा समेट्दै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

काठमाडौ,२६ भदौ । नेपालले ओमानलाई ८७ रनले पराजित गर्दै एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा स्थान बनाएको छ। मलेसियाको क्वालालम्पुरमा बिहीबार भएको सेमिफाइनलमा नेपालले दिएको १४८ रनको लक्ष्य पछ्याएको ओमान २८.१ ओभरमा ६० रनमै अलआउट भयो। ओमानका जतिन्दर सिंहले २५ र जितेन रामानन्दीले १३ रन बनाए। नेपालका कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले ३-३ तथा ललित … Continue reading ओमानलाई ६० रनमा समेट्दै नेपाल एसीसी प्रिमियर कपको फाइनलमा

थप पढ्नुहोस् »

‘प्रतिभा जन्मिन्छ, अवसर नपाए हराउँछ’ : ह्याण्डबल प्रशिक्षक लामिछाने

दाङ । लुम्बिनी प्रदेशमा ह्याण्डबल खेलको विकास र विस्तारका लागि लामो समयदेखि सक्रिय छन् सन्तोष लामिछाने। २०६४ सालमा खेलाडीका रूपमा ह्याण्डबल यात्रा सुरु गरेका उनी अहिले खेलाडी, प्रशिक्षक हुँदै लुम्बिनी प्रदेश ह्याण्डबल संघको सचिवको जिम्मेवारीमा छन्। राष्ट्रियस्तरका विभिन्न प्रतियोगितामा खेलाडीका रूपमा सहभागी भएका लामिछानेले भारतको नेताजी सुभाषचन्द्र बोस राष्ट्रिय खेलकुद संस्थान (एनएसएनआईएस), पटियालाबाट कोचिङ कोर्ससमेत … Continue reading ‘प्रतिभा जन्मिन्छ, अवसर नपाए हराउँछ’ : ह्याण्डबल प्रशिक्षक लामिछाने

थप पढ्नुहोस् »

अर्जेन्टिना र इङल्याण्ड सेमिफाइनलमा

काठमाडौ,२८ असार । फिफा विश्वकप २०२६ अन्तर्गत क्वार्टरफाइनलका पछिल्ला खेलमा जित निकाल्दै आर्जेन्टिना र इङ्ल्याण्ड सेमिफाइनलमा प्रवेश गरेका छन्। साबिक विजेता आर्जेन्टिनाले स्विट्जरल्यान्डलाई ३-१ गोलअन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गर्‍यो। त्यस्तै सन् १९६६ को विश्वकप विजेता इङ्ल्याण्डले नर्वेलाई २-१ ले हराउँदै सेमिफाइनल यात्रा तय गरेको हो। अब सेमिफाइनलमा इङ्ल्याण्ड र आर्जेन्टिनाबीच प्रतिस्पर्धा हुनेछ। … Continue reading अर्जेन्टिना र इङल्याण्ड सेमिफाइनलमा

थप पढ्नुहोस् »

पोर्चुगललाई हराउँदै स्पेन क्वाटरफाइनलमा

काठमाडौ,२३ असार । स्पेन राष्ट्रिय फुटबल टोलीले फिफा विश्वकपमा पोर्चुगल राष्ट्रिय फुटबल टोलीलाई हराउँदै क्वाटरफाइनलमा स्थान बनाएको छ। अन्तिम-१६ अन्तर्गत भएको खेलमा स्पेनले पोर्चुगललाई १-० ले पराजित गर्‍यो। खेलभरि बल नियन्त्रणमा राख्दै आक्रामक प्रदर्शन गरेको स्पेनले महत्वपूर्ण गोल गर्दै जित सुनिश्चित गरेको हो। यस जितसँगै स्पेन प्रतियोगिताको अन्तिम आठमा पुगेको छ भने पोर्चुगलको यात्रा यही … Continue reading पोर्चुगललाई हराउँदै स्पेन क्वाटरफाइनलमा

थप पढ्नुहोस् »

दाङमा अन्तर्राष्ट्रिय लुम्बिनी कप कराते प्रतियोगिता हुँदै

दाङ,२३ जेठ । दाङमा अन्तर्राष्ट्रिय लुम्बिनी कप कराते प्रतियोगिता २०८३ सञ्चालन हुने भएको छ। नेपालमै पहिलोपटक आयोजना हुन लागेको प्रतियोगिता जेठ २९ गतेदेखि ३१ गतेसम्म तुलसीपुरमा सञ्चालन गरिने भएको हो। शनिबार तुलसीपुरमा आयोजित पत्रकार सम्मेलनमा प्रतियोगिताको बारेमा जानकारी गराइएको हो। नेपाल कराते महासङ्घ लुम्बिनी प्रदेशको आयोजनामा हुने प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश र भुटानका खेलाडीहरूको सहभागिता … Continue reading दाङमा अन्तर्राष्ट्रिय लुम्बिनी कप कराते प्रतियोगिता हुँदै

थप पढ्नुहोस् »

लुम्बिनी प्रदेश तेक्वान्दो संघको अध्यक्षमा पुनः रिजाल

दाङ, १४ जेठ । लुम्बिनी प्रदेश तेक्वान्दो संघको छैठौं वार्षिक साधारण सभा तथा तेस्रो अधिवेशनले पुनः बिमल रिजालको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको छ। बुधबार सुरु भई बिहीबार सम्पन्न अधिवेशनले १६ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो। रिजाल संघका संस्थापक अध्यक्षसमेत हुन् र यो उनको तेस्रो कार्यकाल हो। अधिवेशनले उपाध्यक्षमा विनिल केसी र राजिवसिंह … Continue reading लुम्बिनी प्रदेश तेक्वान्दो संघको अध्यक्षमा पुनः रिजाल

थप पढ्नुहोस् »

क्यानद्वारा ६३ खेलाडीलाई मासिक तलब

काठमाडौ,१३ जेठ । नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ का लागि राष्ट्रिय तथा डेभलपमेन्ट टिमका खेलाडीहरूको पारिश्रमिक सार्वजनिक गरेको छ। क्यानका अनुसार पुरुषतर्फ ३८ र महिलातर्फ २५ गरी कुल ६३ खेलाडीलाई मासिक तलब दिइनेछ। क्यानले पुरुष खेलाडीलाई ‘ए प्लस’देखि ‘डी’ श्रेणीसम्म पाँच तहमा वर्गीकरण गरेको छ। यसअनुसार मासिक ३५ हजारदेखि १ लाख २० हजार … Continue reading क्यानद्वारा ६३ खेलाडीलाई मासिक तलब

थप पढ्नुहोस् »

अमेरिकालाई हराउँदै नेपालको शानदार जित

काठमाडौ,२ जेठ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गतको खेलमा नेपाली टोलीले जित हासिल गरेको छ । नेपाल राष्ट्रिय क्रिकेट टोलीले अमेरिका राष्ट्रिय क्रिकेट टोली लाई ९ विकेटले पराजित गरेको हो । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले ४३।३ ओभरमा सबै विकेट गुमाउँदै १९५ रन बनाएको थियो । १९६ रनको … Continue reading अमेरिकालाई हराउँदै नेपालको शानदार जित

थप पढ्नुहोस् »

ओमानविरुद्ध नेपालको जित

काठमाडौ,२२ वैशाख। विश्वकप डिभिजन लिग–२ अन्तर्गत कीर्तिपुरमा जारी त्रिदेशीय शृङ्खलाको अन्तिम खेलमा नेपालले ओमानलाई ८१ रनले पराजित गरेको छ। मंगलबार भएको खेलमा टस जितेर पहिले ब्याटिङ रोजेको नेपालले ५० ओभरमा १ बल बाँकी छँदै २५६ रन बनाएर अलआउट भयो। नेपालका लागि ओपनर आसिफ शेखले उत्कृष्ट ९४ रनको योगदान दिए। ओमानका नदीम खानले ३ विकेट लिए। … Continue reading ओमानविरुद्ध नेपालको जित

थप पढ्नुहोस् »

राखेपका १९ पदाधिकारी पदमुक्त(सूचीसहित)

दाङ,२२ वैशाख । राष्ट्रिय खेलकुद परिषद् (राखेप)का १९ पदाधिकारी पदमुक्त भएका छन्। सरकारद्वारा जारी पदाधिकारी पदमुक्तिसम्बन्धी अध्यादेशको दफा(२)को उपदफा(१) अनुसार मन्त्रिपरिषद्बाट नियुक्त भएका ती पदाधिकारीहरू पदमुक्त भएका हुन् । वैशाख १९ गतेदेखि लागू हुने गरी स्वतः पदमुक्त भएको युवा तथा खेलकुद मन्त्रालयकी प्रवक्ता मनिता श्रेष्ठले जानकारी दिइन्। पदमुक्त भएका पदाधिकारीहरुको नामावली विवरण यसप्रकार छ:

थप पढ्नुहोस् »