फिचर

तुलसीपुर ६मा क्षयरोग मुक्त अभियान कार्यक्रम

दाङ, १९ असार । तुलसीपुर उपमहानगरपालीका वडा नं. ६ ले समुदायमा क्षयरोग मुक्त अभियान सञ्चालन गरेको छ । गोलौरा स्वास्थ्य केन्द्रको अगुवाइमा कार्यायोजना बनाएर क्षयरोग मुक्त अभियान कार्यक्रम सञ्चालन गरिएको केन्द्र प्रमुख बसन्त आचार्यले जानकारी दिए । यो अभियान अन्तरगत समुदायस्तरमा छलफल, अन्तक्रिया, सर्वेक्षण गरिएको बताए । यसै बीच क्षयरोगमुक्त नेपाल अभियान वडा स्तरिय समिति … Continue reading तुलसीपुर ६मा क्षयरोग मुक्त अभियान कार्यक्रम

थप पढ्नुहोस् »

नुनको मुल्य बढ्यो

दाङ,१९ असार । आजदेखी नुनको मुल्य बढेको छ। साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले नुनको मूल्य वृद्धि गरेको हो ।।साल्ट ट्रेडिङ सञ्चालक समितिको बैठकले नुनको मूल्यवृद्धि गर्ने निर्णय गरेको नायब प्रमुख कार्यकारी अधिकृत कुमार राजभण्डारीले बताए । नयाँ मूल्यसूचीअनुसार प्रतिकिलो २२ रुपैयाँ पर्ने आयो नुनलाई अब उपभोक्ताले २६ रुपैयाँ तिर्नुपर्नेछ । यस आधारमा ४ रुपैयाँ प्रतिकिलोका दरले … Continue reading नुनको मुल्य बढ्यो

थप पढ्नुहोस् »

कालो टेप बांधेर बैठकमा सहभागी रास्वपाका महामन्त्री ढकाल

 काठमाडौं,१९ असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री मुकुल ढकाल  मुखमा कालोपट्टी टांसेर  केन्द्रीय समितिको बैठकमा सहभागी भएका छन्। केन्द्रीय समिति बैठक लाइभ गर्नुपर्ने उनको माग थियो । बैठक लाइभ गर्न नमानेपछि उनले विरोध जनाएका हुन् । केन्द्रीय समिति बैठक प्रत्यक्ष प्रसारण नगरिएको भन्दै विरोधस्वरूप उनी मुखमा कालो टेप टाँसेर बैठकमा बसेका हुन् ।  उनले … Continue reading कालो टेप बांधेर बैठकमा सहभागी रास्वपाका महामन्त्री ढकाल

थप पढ्नुहोस् »

बीमा रकम दाबी गर्न आफ्नै पसलमा लुटपाट

चितवन,१९ असार। बीमा रकमको लोभमा आफ्नै पसल लुटपाट भएको अभिनय गर्ने पसल सञ्चालकसहित पाँच जना पक्राउ परेका छन् । यही असार १ गते साँझ कालिका नगरपालिका वडा नम्बर ६ खोलेसिम लस्थित विनोद सुनचाँदी पसलमा लुटपाट गरेको आरोपमा पसलका सञ्चालकसहित पाँच जना मंगलबार पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार पक्राउ पर्नेमा विनोद सुनचाँदी … Continue reading बीमा रकम दाबी गर्न आफ्नै पसलमा लुटपाट

थप पढ्नुहोस् »

बबई नदिमा एक महिला बेपत्ता

दाङ,१९ असार। दाङमा बबई नदीले बगाउँदा एक महिला बेपत्ता भएकी छन् । विहान ४ बजेतिर तुलसीपुर १४ मटेरा स्थित आफन्तीको घर जाने क्रममा नदी तर्न खोज्दा १९ बर्षीय सृजना चौधरीलाई बगाएको हो । बुधबार विहान ४ बजेतिर बगाएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए। उनको खोजी कार्य जारी राखिएको छ । … Continue reading बबई नदिमा एक महिला बेपत्ता

थप पढ्नुहोस् »

दाङ जिल्ला ‘ए’ डिभिजन लिगमा न्यु स्टार च्याम्पियन

घोराही, १८ असार । दाङ जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता–२०८१ मा न्यु स्टार फुटबल एकेडेमी नारायणपुर च्याम्पियन बनेको छ । तुलसीपुर उपमहानगरपालिका–१८ स्थीत बेलझुण्डी रंगशालामा मंगलवार भएको फाइनल खेलमा बडहरा फुटबल क्लव घोराहीलाई ४–२ गोल अन्तरले पराजित गर्दै जिल्ला ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगितामा च्याम्पियन बनेको हो । फाइनल खेलमा बडहराले गोल गरेर अग्रता … Continue reading दाङ जिल्ला ‘ए’ डिभिजन लिगमा न्यु स्टार च्याम्पियन

थप पढ्नुहोस् »

कांग्रेसको मुख्यालय सानेपामा ओलीको भव्य स्वागत

काठमाडौँ १८ असार। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली कांग्रेसको मुख्य कार्यालय सानेपामा पुगेका छन्। कांग्रेसका स्वर्गीय नेता गिरिजाप्रसाद कोइरालाको शताब्दीऔं जन्मजयन्तीको अवसरमा आयोजित ‘क्रान्तिदेखि शान्तिसम्म’ नामक फोटो प्रदर्शनी अवलोकनमा सहभागी हुन पूर्व प्रधानमन्त्री ओली सानेपा पुगेका हुन् । मुख्यालयमा पुगेसँगै नेपाली काङ्ग्रेसले एमाले अध्यक्ष ओलीलाई भव्य स्वागत गरेको छ। कांग्रेसले एमालेसँग मिलेर नयाँ गठबन्धन … Continue reading कांग्रेसको मुख्यालय सानेपामा ओलीको भव्य स्वागत

थप पढ्नुहोस् »

पोखरीमा डुबेर दुई बालकको मृत्यु

सिरहा,१८ असार । पोखरीमा डुबेर सिराहामा दुई बालकको मृत्यु भएको छ। नरहा गाउँपालिका- ३ खोरियाका दुई बालकको डुबेर मृत्यु भएको हो । मृत्यु हुनेमा स्थानीय शुशील मण्डलका ७ वर्षीय राहुल मण्डल र शुशीलकै भान्जा ८ वर्षीय आशिष मण्डल छन् । उनीहरू सोमबार दिउँसो १२ बजेबाट हराइरहेका थिए । त्यसपछि स्थानीय र प्रहरीले उनीहरूको खोजी सुरु … Continue reading पोखरीमा डुबेर दुई बालकको मृत्यु

थप पढ्नुहोस् »

विद्यार्थीका लागि ‘करिअर काउन्सिलिङ’ वेबसाइट सार्वजनिक

काठमाडौँ,१८ असार। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ‘करिअर काउन्सिलिङ’ वेबसाइट सार्वजनिक गरेको छ । मन्त्रालयले वेबसाइटमार्फत विद्यार्थीको रुचि, क्षमता अनुसारको पेशा तथा व्यवसायबारे जानकारी दिने जनाएको छ । वेबसाइटमा विद्यार्थी, अभिभावक, शिक्षक र स्थानीय तहका लागि आवश्यक जानकारी राखिएको छ । वेबसाइटमा गएर विद्यार्थीहरूले आफ्नो रुचि अनुसार पेशाबारे सूचना र सहायता लिन सक्ने शिक्षा मन्त्री … Continue reading विद्यार्थीका लागि ‘करिअर काउन्सिलिङ’ वेबसाइट सार्वजनिक

थप पढ्नुहोस् »

दाङसहित ४३ जिल्लामा बाढीको जोखिम

दाङ,१८ असार । आज (मंगलबार) देशका ४३ जिल्ला र त्यस आसपास बाढीको जोखिम देखिएको छ । जोखिम देखिएको र प्रभावित क्षेत्रका  बासिन्दालाई सतर्क रहन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले सुझाएको छ ।   महाशाखाले  जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार  इलाम, झापा, मोरङ, सुनसरी, सर्लाही, रौतहट, बारा, पर्सा, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, … Continue reading दाङसहित ४३ जिल्लामा बाढीको जोखिम

थप पढ्नुहोस् »