फिचर

सन्दीप लामिछानेलाई “ए” ग्रेडको केन्द्रीय सम्झौता

काठमाडौँ,२१ असार ।नेपाल क्रिकेट संघ (क्यान)ले सन्दीप लामिछानेलाई केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको छ । क्यानको केन्द्रीय कार्यसमितिको बैठकले सन्दीपलाई जुलाई १ देखि ३१ डिसेम्बर, २०२४ सम्म ए ग्रेडमा रहने गरी केन्द्रीय सम्झौतामा अनुबन्ध गरेको हो । ए ग्रेडमा रहने खेलाडीलाई क्यानले हरेक महिना एक लाख पारिश्रमिक दिने गर्दछ । क्यानको केन्द्रीय सम्झौताको ए ग्रेडमा कप्तान … Continue reading सन्दीप लामिछानेलाई “ए” ग्रेडको केन्द्रीय सम्झौता

थप पढ्नुहोस् »

विपद प्रतिकार्यमा समन्वय गर्न गृहको निर्देशन

काठमण्डौं,२१ असार । गृह मन्त्रालयले विपद् प्रतिकार्यमा उच्च प्राथमिकताका साथ समन्वयात्मक काम गर्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ । विपद् व्यवस्थापनमा पालिकासँग समन्वय गर्न र जिल्ला नछाड्न पनि सीडीओलाई गृह मन्त्रालयले भनेको छ । गृह सचिव एकनारायण अर्यालले भर्चुअलु माध्यमबाट कमाण्ड पोष्टुका संयोजक तथा सदस्यसहित ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी एवम् सुरक्षा निकायका … Continue reading विपद प्रतिकार्यमा समन्वय गर्न गृहको निर्देशन

थप पढ्नुहोस् »

बलात्कार आरोपि भरुवा बन्दुकसहित पक्राउ

सल्यान, २१ असार । जबरजस्ती करणीका आरोपितलाई प्रहरीले भरुवा बन्दुक सहित पक्राउ गरेको छ। सल्यानको त्रिवेणी गाउँपालिका–३ टोट्केका ४२ वर्षीय टोप बहादुर ओलीलाई भरुवा बन्दुक सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी तथा प्रहरी निरीक्षक भवानी प्रसाद धमलाका अनुसार यही असार १९ गते ४३ वर्षीया एक महिलालाई … Continue reading बलात्कार आरोपि भरुवा बन्दुकसहित पक्राउ

थप पढ्नुहोस् »

क्यानको प्रवक्तामा लामा

काठमाडौं,२१ असार । नेपाल क्रिकेट संघ (क्यान)ले केन्द्रीय सदस्य छुम्बी लामालाई प्रवक्तामा नियुक्त गरेको छ । क्यानको बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट मनोनीत सदस्य छुम्बीलाई प्रवक्तामा नियुक्त गरेको हो । तर, क्यानको यो निर्णयप्रति केन्द्रीय समितिका केही सदस्यहरूले मनोनीत सदस्यलाई प्रवक्ता बनाएको भन्दै असन्तुष्टि जनाएका छन् ।

थप पढ्नुहोस् »

२३ वर्षपछि सुल्झिदै नेसंविको जग्गा विवाद: पूर्वन्यायाधिश पौडेलको नेतृत्वमा जग्गा छानबिन समिति गठन

दाङ, २१ असार । नेपाल संस्कृत विश्वविद्यालयको जग्गा विवाद सुल्झिने भएको छ । नेपाल सरकार मन्त्रीपरिषद्को बैठकले विश्वविद्यालयको जग्गा विवादबारे छानबिन गर्न समिति गठन गरेसँगै २३ वर्ष पुराना जग्गा विवाद सुल्झाउने बाटो खुलेको हो । दाङमा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयको जग्गाको सम्बन्धमा अध्ययन, अनुसन्धान गरी सरकारलाई प्रतिवेदन बुझाउन भन्दै पूर्व न्यायाधिश शेखर पौडेलको संयोजकत्वमा पाँच … Continue reading २३ वर्षपछि सुल्झिदै नेसंविको जग्गा विवाद: पूर्वन्यायाधिश पौडेलको नेतृत्वमा जग्गा छानबिन समिति गठन

थप पढ्नुहोस् »

सरकारले तोक्यो धानको समर्थन मुल्य

काठमाण्डौ,२१ असार । सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि धानको समर्थन मूल्य तोकेको  छ ।मन्त्रिपरिषद् बैठकले उद्योग मन्त्रालयको प्रस्तावमा मोटा धानको समर्थन मूल्य प्रतिक्विन्टल तीन हजार चार सय १० रुपैयाँ ५१ पैसा तोकेको छ । यसैगरी मध्यम धानको समर्थन मूल्य तीन हजार पाँच सय ८० रुपैयाँ ६२ पैसा तोकेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले … Continue reading सरकारले तोक्यो धानको समर्थन मुल्य

थप पढ्नुहोस् »

७३ जिल्लामा फैलियो डेंगी

दाङ,२१ असार । डेंगी रोगको संक्रमण ७३ जिल्लामा फैलिएको छ। वर्षायाम सुरु भएसंगै दैनिक रुपमा पानी पर्न थालेपछि डेंगीको संक्रमण दरपनी बढ्दै गएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखा प्रमुख डा.गोकर्णप्रसाद दाहालका अनुसार ७३ जिल्लाका एक हजार चार सय ३२ जनामा सङ्क्रमण देखिएको छ ।  उनले मुस्ताङ, … Continue reading ७३ जिल्लामा फैलियो डेंगी

थप पढ्नुहोस् »

वन्यजन्तु प्रभावित क्षेत्रका छ हजार बढीको क्षति बिमा

बांके,२० असार । लुम्बिनी प्रदेश वन तथा वातावरण मन्त्रालयले बर्दिया जिल्लाका वन्यजन्तु प्रभावित क्षेत्रका छ हजार बढी स्थानीय नागरिकको क्षति बिमा गरेको छ । मन्त्रालयले राष्ट्रिय बिमा कम्पनी लिमिटेड नेपालगन्ज कार्यालयसँगको समन्वयमा बर्दियाका ११ वटा सामुदायिक वन उपभोक्ता समूह मध्येबाट वन्यजन्तु अति प्रभावित क्षेत्रका ६ हजार ७सय ५६ जना स्थानीय नागरिकको क्षति बिमा गरिदिएको हो … Continue reading वन्यजन्तु प्रभावित क्षेत्रका छ हजार बढीको क्षति बिमा

थप पढ्नुहोस् »

रारा तालमा डुबेर एकजनाको मृत्यु

मुगु,२० असार ।छायाँनाथ रारा नगरपालिका कार्कीबाडा गाउँका अन्दाजी २१ वर्षीय शिशिर रावल रारा तालको पूर्वपट्टी ठाकुरनाथको मन्दिर नजिक तालमा डुबेर मृत भेटिएको भएको रारा राष्ट्रिय निकुञ्ज संरक्षण अधिकृत राजु घिमिरेले जानकारी दिए । उनका अनुसार गाउँले साथीसंग तालमा पौडी खेल्ने क्रममा डुबेर रावलको डुबेर मृत्यु भएको हो । निकुञ्ज संरक्षण अधिकृत घिमिरेका अनुसार तालमा एक … Continue reading रारा तालमा डुबेर एकजनाको मृत्यु

थप पढ्नुहोस् »

गैरआवसीय राजदूत नियुक्त

काठमाडौँ, २० असार ।  राष्ट्रपति रामचन्द्र पौडेलले मोनाकोका लागि गैरआवासीय नेपाली राजदूत नियुक्त गरेका छन् । बिहीबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले फ्रान्सका लागि नेपालको आवासीय राजदूत सुधीर भट्टराईलाई गैरआवासीय राजदूत नियुक्त गरेका हुन्। संविधानको धारा २८२ को उपधारा १ बमोजिम गैरआवासीय राजदूत नियुक्त गरिएको हो।

थप पढ्नुहोस् »