फिचर

देशभर ९.८ प्रतिशत रोपाइँ

दाङ ,१५ असार । यस वर्ष मध्य असारसम्म ९.८ प्रतिशतमात्रै रोपाइँ भएको छ। सिँचाइ र मलखादको अभावका कारण अधिकांश खेत बाँझै छन्।  सरकारले २०६१ सालदेखि असार १५ गतेलाई धान दिवस तथा रोपाइँ महोत्सव मनाउने गरेको छ। यस वर्ष कृषि तथा पशुपन्छी मन्त्रालयले ‘जलवायु मैत्री कृषि, धान उत्पादनमा वृद्धि’ भन्ने नारा दिएको छ। तर, सिँचाइको अभावले … Continue reading देशभर ९.८ प्रतिशत रोपाइँ

थप पढ्नुहोस् »

तुलसीपुरमा कार दुर्घटना: ५ घाइते,३ को अवस्था गम्भीर

दाङ,१४ असार । दाङको तुलसीपुरमा कार दुर्घटना भएको छ। कार दुर्घटनामा परि पाँचजना घाइते भएका छन्। शुक्रबार बेलुका ७ बजेर ५० मिनेटमा तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ७ स्थित राजापुरबाट तुलसीपुरतर्फ गइरहेको बा १६ च १९५५ नम्बरको कार दुर्घटना भएको हो। कार अनियन्त्रित भई आफै दुर्घटना हुँदा कारमा सवार पाँचजना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको … Continue reading तुलसीपुरमा कार दुर्घटना: ५ घाइते,३ को अवस्था गम्भीर

थप पढ्नुहोस् »

हिमालमा वक्तृत्वकला सम्पन्न

दाङ,१४ असार । तुलसीपुरमा रहेको हिमाल एकेडेमीमा वक्तृत्वकला सम्पन्न भएको छ।  सिनियर र जुनियर गरि दुई तहमा भएको वक्तृत्वकलामा जुनियरतर्फ दिपसन कार्की प्रथम भएका छन् । यसैगरी भुमिका सिंह दोश्रो र मुना डांगी तृतीय भएका छन्  । सिनियरतर्फ दीपशिखा कार्की प्रथम, कृतिका थापा दोश्रो र अन्जु रेउले तृतिय भएका छन् । विद्यालयका इसिए क्लब अध्यक्ष … Continue reading हिमालमा वक्तृत्वकला सम्पन्न

थप पढ्नुहोस् »

इनारमा फसेका एकजनाको उद्दार

दाङ १४ असार । दाङको तुलसीपुरमा इनारमा फसेका एकजनाको उद्धार गरिएको छ । इनार सफा गर्ने क्रममा फसेका तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ का ५१ वर्षीय प्याउला थारुको उद्दार गरिएको हो । उनी तुलसीपुर उपमहानगरपालिका–१७ बनकट्टा स्थित छविलाल वलीको घरमा इनार सफा गर्ने भनेर इनारमा पसेका बेला फसेको इलाका प्रहरी कार्यालय तुलसीपुरका सूचना अधिकारी तथा … Continue reading इनारमा फसेका एकजनाको उद्दार

थप पढ्नुहोस् »

डा. केसीको अनसन स्थगित

काठमाडौँ,१४ असार । डा. गोविन्द केसीले अनशन स्थगित गरेका छन् ।शुक्रबार पत्रकार सम्मेलन गर्दै केसीले अनशन स्थगित गरेको बताए । दुर्गा प्रसाईँद्वारा सञ्चालित बी एण्ड सी मेडिकल कलेजलाई सम्बन्धन दिइएको भन्दै न्यायाधीशद्वय डा। कुमार चुँडाल र सारङ्गा सुवेदीको राजीनामा माग गर्दै उनी अनशन बस्ने तयारीमा थिए । शुभेच्छुकहरुको सल्लाह बमोजिम अनशन स्थगित गरिएको डा. केसीको … Continue reading डा. केसीको अनसन स्थगित

थप पढ्नुहोस् »

एसईई दिएका विकल: पास भएको खुशी बाड्नै पाएनन्

लमजुङ,१४ असार ।लमजुङको दोर्दी गाउँपालिका-९, धैरेनी सुनारटोलका विकल सुनार एसईई परीक्षाको नतिजाको पर्खाइमा थिए। जनकल्याण मावि चिती तलाहरबाट उनले एसईई दिएका थिए। गत चैतमा भएको एसईई परीक्षाको नतिजा बिहिवार बिहान सार्वजनिक भयो । सार्वजनिक गरिएको नतिजा अनुसार उनी एसईईमा पास भएका छ। तर १६ वर्षीय विकलले आफू पास भएको खुशीयाली परिवार, आफन्त र साथिभाइसंग साट्न … Continue reading एसईई दिएका विकल: पास भएको खुशी बाड्नै पाएनन्

थप पढ्नुहोस् »

क्षमता विकास तालिम सम्पन्न

प्युठान,१४ असार । प्युठानको झिमरूक गाउँपालिका वडा नम्बर ४ मच्छीमा व्यवस्थापन सम्बन्धी क्षमता विकास तालिम सम्पन्न भएको छ । जिल्ला प्रहरी कार्यलय प्युठानको समन्वयमा झिमरूका गाउँपालिकाले उक्त कार्यक्रम आयोजना गरेको हो ।शिक्षाविद् प्रा।डा। विद्यानाथ कोईरालाको प्रमुख आतिथ्यता तथा झिमरूक गाउँपालिका वडा नम्बर ८ का वडा अध्यक्ष तुलस बहादुर बस्नेतको अध्यक्षतामा उक्त कार्यक्रम सम्पन्न भएको हो … Continue reading क्षमता विकास तालिम सम्पन्न

थप पढ्नुहोस् »

समयमै विपद् प्रतिकार्यको तयारी थाल्न आग्रह

काठमाडौँ,१४ असार । नेपाली कांग्रेसका मोहनबहादुर बस्नेतले समयमै विपद् प्रतिकार्यको तयारी थाल्न सरकारसंग आग्रह गरेका छन् । बर्सेनि बाढी, पहिरो र डुबानबाट ठूलो जनधनको क्षति हुने गरेको उल्लेख गर्दै यसको तयारी थाल्न सरकारसँग आग्रह गरेका हुन् । प्रतिनिधिसभाको आजको बैठकमा उनले यस्तो आग्रह गरेका हुन् आजको बैठकको विशेष समयमा उनले प्राकृतिक विपद्बाट हरेक वर्ष क्षति … Continue reading समयमै विपद् प्रतिकार्यको तयारी थाल्न आग्रह

थप पढ्नुहोस् »

एनएमबीले गर्यो उद्यमी सम्मान

दाङ, १४ असार। दाङको तुलसीपुरमा रहेको एनएमबी बै बैंकले उद्यमीहरूलाई सम्मान गरेको छ। बैंकले विश्व साना तथा मझौला उद्यमी दिवसको अवसर पारेर उद्यमीहरूलाई सम्मान गरेको हो। बैंकले उत्कृष्ट कारोबार गर्ने ३० जना ग्राहकहरूलाई सम्मान गरेको एनएमबी बैंक तुलसीपुर शाखाका प्रबन्धक रमेश रेग्मीले जानकारी दिए। बैंक कर्जा लिएका उद्यमीहरूको योगदानको कदर गर्ने उद्देश्यले सम्मान र प्रशंसापत्र … Continue reading एनएमबीले गर्यो उद्यमी सम्मान

थप पढ्नुहोस् »

बालेन र वडाध्यक्षबीच विवाद:नगरसभा स्थगित

काठमाडौं,१४ असार । काठमाडौं महानगरपालिकाको नगर सभा बैठक स्थगित भएको छ । शुक्रबार लागि बोलाइएको नगर सभामा मेयर बालेन शाह उपस्थित नभएपछि बैठक स्थगित भएको हो । आजको बैठकले आगामी वर्षको बजेट पारित गर्ने कार्यसूची तय गरेको थियो । आज आगामी वर्षको २०८१/०८२ को नीति तथा कार्यक्रम पारित गर्ने र बजेट तथा कार्यक्रम सम्बन्धमा छलफल … Continue reading बालेन र वडाध्यक्षबीच विवाद:नगरसभा स्थगित

थप पढ्नुहोस् »