फिचर

अमेरिका दुर्घटना:डाक्टर बन्ने सपनासहित १० महिना अघि अमेरिका गएका थिए रोजिन

दाङ,३२ असार । अमेरिकामा हालै भएको कार दुर्घटनामा मृत्यु भएका दुई नेपाली विद्यार्थीमध्ये एक जना दाङका रहेको खुलेको छ। जुलाई १३ तारिख शनिबार राति स्थानीय समयअनुसार ९ बजेतिर लुइसियाना राज्यको राजमार्ग ५०७ नजिक अमेरिकी राजमार्ग ८० मा कार दुर्घटना हुँदा नेपाली नागरिकद्वय २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको मृत्यु भएको हो। दुर्घटनामा … Continue reading अमेरिका दुर्घटना:डाक्टर बन्ने सपनासहित १० महिना अघि अमेरिका गएका थिए रोजिन

थप पढ्नुहोस् »

नेपाल-भारत नाका बन्द

काठमाडौँ, ३२ असार। भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै नेपाल–भारत सीमाका दुई प्रमुख नाका बन्द हुने भएका छन्। बैतडी र दार्चुला जिल्लाका सीमा नाका निर्वाचन अवधिमा अस्थायी रूपमा बन्द गरिने भएको हो। भारतको उत्तराखण्ड प्रदेशमा यही जुलाई २४ र २८ (आगामी साउन ८ र १२ गते) पञ्चायत निर्वाचन हुँदैछ। निर्वाचनको सुरक्षालाई ध्यानमा … Continue reading नेपाल-भारत नाका बन्द

थप पढ्नुहोस् »

पूर्व श्रीमतीको हत्या : फोन गरेर बोलाए,घरभित्र पसेपछि हत्या

प्युठान, ३१ असार। प्युठानमा आफ्नै पूर्व श्रीमतीलाई चक्कु प्रहार गरी हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन्। सरुमारानी गाउँपालिका–३ गोठेरीकी २८ वर्षीया रुक्मणी बरालको मंगलबार बिहान हत्या भएको जिल्ला प्रहरी कार्यालय प्युठानले जनाएको छ। हत्या अभियोगमा ऐरावती गाउँपालिका–२ कात्तिकेका ३० वर्षीय लिलबहादुर बराललाई घटनास्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपेश बस्यालले जानकारी … Continue reading पूर्व श्रीमतीको हत्या : फोन गरेर बोलाए,घरभित्र पसेपछि हत्या

थप पढ्नुहोस् »

अवरुद्ध राजमार्ग पुनः सन्चालन

काठमाडौं, ३१ असार। अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण अवरुद्ध भएको बीपी राजमार्ग सञ्चालनमा आएको छ। राजमार्गका विभिन्न ८ स्थानमा बाढी र पहिरोले सडक अवरुद्ध गरेपछि सोमबार रातिदेखि यातायात ठप्प भएको थियो। इलाका प्रहरी कार्यालय मंगलटारका प्रमुख ईश्वर कार्कीका अनुसार रोशी गाउँपालिका–९ पिन्थलीबेशी, मंगलटार बिरुवाडाँडामा रहेको फेदीखोला र साङखोला, रोशी–११ कालढुंगा, माम्ती खोला, पिप्ले … Continue reading अवरुद्ध राजमार्ग पुनः सन्चालन

थप पढ्नुहोस् »

लामिछाने हत्या प्रकरणमा टेकबहादुरलाई आजीवन कारावास

दाङ, ३१ असार। दाङमा एक महिलाको क्रुरतापूर्वक हत्या गरेको अभियोगमा जिल्ला अदालत दाङले एक व्यक्तिलाई आजीवन कारावासको सजाय सुनाएको छ। तुलसीपुर उपमहानगरपालिका–११ बेलटाकुराका ३८ वर्षीय टेकबहादुर हमाललाई अदालतले ४२ वर्षीया रिता लामिछानेको हत्या गरेको प्रमाणित ठहर गर्दै सोमबार पाँच लाख रुपैयाँ जरिवानासहित आजीवन कारावासको फैसला सुनाएको हो। जिल्ला न्यायाधीश राजेश्वर अर्यालको इजलासले हमालमाथि दोष सिद्ध … Continue reading लामिछाने हत्या प्रकरणमा टेकबहादुरलाई आजीवन कारावास

थप पढ्नुहोस् »

मजदुरी गरेर बनाएको घर काम लागेन कमलालाई, अन्ततः छाउगोठले लियो ज्यान

कञ्चनपुर, २९ असार। भारतमा मजदुरी गरेर कमाएको पैसाले पक्की घर बनाएकी थिइन् कमला आउजीले। महिनावारीको समयमा छाउगोठमा सुत्न बाध्य भएकी उनी त्यही गोठमै सधैंका लागि ओझेल परिन्। जसोतसो गरेर बनाएको घर उनलाई काम लागेन । कृष्णपुर नगरपालिका–१ निगालीकी २८ वर्षीया कमला आउजी गत वैशाखमा श्रीमानसँगै भारतबाट फर्किएकी हुन्। घर फर्केर छोरालाई विद्यालय भर्ना गराएकी थिइन्। … Continue reading मजदुरी गरेर बनाएको घर काम लागेन कमलालाई, अन्ततः छाउगोठले लियो ज्यान

थप पढ्नुहोस् »

काठमाडौंबाट दाङ जादै गरेको बस कपिलवस्तुमा दुर्घटना: २६ घाइते, तीनको अवस्था गम्भीर (विवरणसहित)

कपिलवस्तु,२९ असार । काठमाण्डौबाट दाङ जाँदै गरेको बस दुर्घटना भएको छ्। कपिलवस्तुको बुद्धभुमी नगरपालिका–९ वेलनदीमा आइतबार बिहान दुर्घटना हुँदा २६ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नम्बरको बस पूर्व–पश्चिम राजमार्गमा अनियन्त्रित भई सडकको दायाँ साइडमा पल्टिएको इलाका प्रहरी कार्यालय गोरुसिङ्गेले जनाएको छ। … Continue reading काठमाडौंबाट दाङ जादै गरेको बस कपिलवस्तुमा दुर्घटना: २६ घाइते, तीनको अवस्था गम्भीर (विवरणसहित)

थप पढ्नुहोस् »

हुम्लाको विमानस्थलमा एकैदिन १६४ उडान-अवतरण

हुम्ला, २८ असार। सिमकोट विमानस्थल पुनः चलायमान बनेको छ। शुक्रबार मात्रै विमानस्थलमा १६४ उडान–अवतरण भएका छन्। कोरोना महामारीपछि प्रायः सुनसानजस्तै देखिने यो विमानस्थलमा शुक्रवार यति ठूलो संख्यामा उडान भएका सिमकोट नागरिक उड्डयन कार्यालय हुम्लाले जनाएको छ। नेपालगञ्जबाट ३२ फ्लाइट टेकअफ र ल्यान्डिङ गरी ६४ फ्लाइट भएका छन् भने सिमकोट विमानस्थलबाट हिल्सा नाका जोड्ने हेलिकप्टरका ५० … Continue reading हुम्लाको विमानस्थलमा एकैदिन १६४ उडान-अवतरण

थप पढ्नुहोस् »

मौद्रिक निति सार्वजनिक: कर्जाको विस्तार, ब्याजदरलाई ब्रेक

काठमाडौं,२७ असार । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नयाँ मौद्रिक नीति घोषणा गरेको छ। राष्ट्र बैंकले ब्याजदर घटाउँदै कर्जाको पहुँच विस्तार गर्ने उद्देश्यसहित लचिलो मौद्रिक नीति घोषणा गरेको छ। गभर्नर डा. विश्वनाथ पौडेलले सार्वजनिक गरेको मौद्रिक नीतिले निजी क्षेत्रको पुँजी निर्माणलाई प्राथमिकता दिने र समग्र आर्थिक गतिविधि सशक्त बनाउने उद्देश्य राखेको … Continue reading मौद्रिक निति सार्वजनिक: कर्जाको विस्तार, ब्याजदरलाई ब्रेक

थप पढ्नुहोस् »

वन क्षेत्रबाट तीन लाख ४० हजार क्युफिट काठ तथा दाउरा उत्पादन

बाँके,२६ असार। बाँके जिल्लामा रहेको सामुदायिक र राष्ट्रिय वन क्षेत्रबाट हरेक वर्ष झण्डै तीन लाख ४० हजार क्युफिट काठ तथा दाउरा उत्पादन हुने गरेको छ। डिभिजन वन कार्यालय बाँकेका अनुसार काठ उत्पादनमा सामुदायिक वनको हिस्सेदारी उल्लेखनीय छ। सिनियर डिभिजनल वन अधिकृत शंकरप्रसाद गुप्ताका अनुसार, वार्षिक उत्पादनमध्ये करिब अढाई लाख क्युफिट काठ सामुदायिक वनबाट आउँछ भने … Continue reading वन क्षेत्रबाट तीन लाख ४० हजार क्युफिट काठ तथा दाउरा उत्पादन

थप पढ्नुहोस् »