फिचर

बझाङमा भुकम्प गयो

बझाङ,१३ भदौ ।बझाङमा भूकम्पको धक्का महशुस भएको छ। अहिले साँझ ७:३४ बजे बझाङको मष्टा गाउँपालिकास्थित मष्टा मन्‍दिर आसपास केन्द्रविन्दु बनाएर ४.३ म्याग्निच्युड भूकम्पको गएको वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले जानकारी दिए।  भूकम्पपछि बझाङबासी त्रसित बनेका छन्।

थप पढ्नुहोस् »

राष्ट्रपतिद्धारा टिआरसी विधयेक पारित

काठमाडौँ,१३ भदौ । राष्ट्रपति रामचन्द्र पौडेलले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगसम्बन्धी (टीआरसी) विधेयक प्रमाणीकरण गरेका छन्। सङ्घीय संसदको दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेश हुन आएको विधेयक राष्ट्रपति पौडेलले आज प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा २ … Continue reading राष्ट्रपतिद्धारा टिआरसी विधयेक पारित

थप पढ्नुहोस् »

दुधको भुक्तानी तत्काल दिन मुख्यमन्त्रीको निर्देशन

दाङ,१३ भदौ। लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले किसानलाई दुधको भुक्तानी तत्काल दिन नेपालगञ्ज दुग्ध वितरण आयोजनालाई निर्देशन दिएका छन् । मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय राप्ती उपत्यका देउखुरीमा बिहिवार नेपालगञ्ज दुग्ध वितरण आयोजनाका प्रमुख सहित कर्मचारीहरुसंग भएको छलफलमा मुख्यमन्त्री आयाचार्यले ६–७ महिना देखी दुधको भुक्तानी हुन नसक्दा किसानलाई मर्का परेको भन्दै अविलम्ब भुक्तानी गर्न दिर्नेशन दिएका … Continue reading दुधको भुक्तानी तत्काल दिन मुख्यमन्त्रीको निर्देशन

थप पढ्नुहोस् »

भन्सार छली ल्याएको २१० बोरा चिनी बरामद

दाङ,१३ भदौ । भैरहवा भन्सार कार्यालयले ठुलो परिमाणमा तस्करीको सामान बरामद गरेको छ । लुम्बिनी रोडमा खटिएको भन्सार गस्ती टोलीले बेथरीबाट भन्सार छली नेपाल भित्रिएको दुई सय १० बोरा चिनी ट्रकमा लोड रहेको अवस्थामा चालकसहित नियन्त्रणमा लिएको भैरहवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारद गौतमले जानकारी दिए । विशेष सूचनाको आधारमा लु २ ख २८३६ … Continue reading भन्सार छली ल्याएको २१० बोरा चिनी बरामद

थप पढ्नुहोस् »

तुलसीपुरबाट नेपालगन्ज जाँदै गरेको बस दुर्घटना: दुइको मृत्यु,२१ घाइते

दाङ,१३ भदौ । बाँकेमा यात्रुबाहक बस दुर्घटना भएको छ।बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । दाङको तुलसीपुरबाट नेपालगञ्ज जाँदै गरेको भे १ ख २१२८ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको प्रहरीले जनाएको छ । बाँकेको नेपालगञ्ज-कोहल्पुर सडकखण्डमा बस अनियन्त्रित भइ दुर्घटना भएको जनाएको छ । घाइतेको नेपालगञ्ज मेडिकल … Continue reading तुलसीपुरबाट नेपालगन्ज जाँदै गरेको बस दुर्घटना: दुइको मृत्यु,२१ घाइते

थप पढ्नुहोस् »

महिला भलिबल खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण

काठमाडौँ,१३ भदौ। ‘काभा वुमन्स भलिबल नेसन्स् लिग, २०२४’ प्रतियोगितामा सहभागी खेलाडीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले आज पुरस्कार वितरण गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज आयोजित कार्यक्रममा सो टोलीका क्याप्टेन अरुणा शाहीसहित १४ खेलाडीलाई जनही रु तीन लाख, मुख्य प्रशिक्षक जगदीशप्रसाद भट्टलाई रु दुई लाख, सहायक प्रशिक्षक भरत यादव, व्यवस्थापक निलमसिंह बज्राचार्यलाई र फिजियो लोकेन्द्र … Continue reading महिला भलिबल खेलाडीलाई प्रधानमन्त्रीद्वारा पुरस्कार वितरण

थप पढ्नुहोस् »

३३ करोड लगानीमा सभाहल

काठमाडौं ,१२ भदौ । दाङको लमहीमा ३३ करोड बढी लगानीमा सभाहल निर्माण थालिएको छ । सभाहल निर्माणको काम अन्तिम चरणमा पुगेको छ । एकीकृत सहरी पूर्वाधार कार्यक्रमअन्तर्गत लमही नगरपालिका–५ रातोडाँडामा निर्माण हुन लागेको सभाहलको स्ट्रक्चर निर्माणको काम सकिएको छ । सघन सहरी तथा भवन निर्माण आयोजनाका दाङका प्रमुख खड्ग चौधरीका अनुसार एकीकृत सहरी पूर्वाधार कार्यक्रमअन्तर्गत करिब … Continue reading ३३ करोड लगानीमा सभाहल

थप पढ्नुहोस् »

लुम्बिनी सभामा आज स्थानीय सेवा बिधेक निर्णयार्थ पेश हुँदै

दाङ,४ भदौ । लुम्बिनी प्रदेश सभा चौथो अधिवेसनको २७ औं बैठक आज बिहिवार दिउँसो २ बजे बस्दैछ । बैठकबाट स्थानीय सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको प्रतिवेदन सहितको विधेयक माथि छलफल र पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने र त्याे प्रस्तावलाइ निर्णयार्थ पेश गर्ने तयारी  गरिएको छ । मुख्यमन्त्री चेत नारायण … Continue reading लुम्बिनी सभामा आज स्थानीय सेवा बिधेक निर्णयार्थ पेश हुँदै

थप पढ्नुहोस् »

पहिरोमा परि तीनजनाको मृत्यु

जाजरकोट,३ भदौ । जाजरकोटमा भूकम्पपीडित बस्दै आएको अस्थायी टहरामा पहिरो खसेको छ । आइतबादेखि परेको वर्षाका कारण आएको उक्त पहिरोमा परी तीन जनाको मृत्यु भएको छ । जाजरकोटको नलगाड नगरपालिका-२, माझगाउँमा भूकम्पका कारण निर्मित अस्थायी टहरा पहिरोले पुर्दा एकै परिवारका तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख प्रहरी नायव उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेले जानकारी … Continue reading पहिरोमा परि तीनजनाको मृत्यु

थप पढ्नुहोस् »

अब राष्ट्रिय परिचयपत्रमै लाईसेन्स

दाङ,१ भदौ । संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र सातै प्रदेशका यातायात मन्त्रालय विच यातायात क्षेत्रलाई व्यवस्थित बनाउनका लागि प्रदेशलाई अधिकार प्रत्यायोजन गर्ने गरि विविध सहमती भएका छन् । सेवाग्राहीले भोग्दै आएको समस्या समाधानका लागि प्रदेश तहले नै आवश्यक कामकारवाही गर्ने गरि संघीय भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल र सात वटै प्रदेशका … Continue reading अब राष्ट्रिय परिचयपत्रमै लाईसेन्स

थप पढ्नुहोस् »