शिक्षा

चित्रकला तथा हिज्जे प्रतियोगिता सम्पन्न

दाङ, १५ जेठ । दाङको घोराही नगर प्याब्सनको आयोजनामा चित्रकला तथा अङ्ग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको छ । मङ्गलबार एक कार्यक्रमको आयोजना गरी घोराही नगर प्याब्सनको आयोजनामा चित्रकला तथा अङ्ग्रेजी हिज्जे प्रतियोगिता सम्पन्न भएको हो । कक्षा ४ देखि ५ सम्मका विद्यार्थीका बिचमा चित्रकला प्रतियोगिता सम्पन्न भएको हो । चित्रकला प्रतियोगितामा गोरखा इन्टरनेसनल पब्लिक सेकेन्डरी … Continue reading चित्रकला तथा हिज्जे प्रतियोगिता सम्पन्न

थप पढ्नुहोस् »

गर्मी बढेपछि ३ दिन विद्यालय बन्द

कपिलवस्तु,१४ जेठ । अत्याधिक गर्मी बढेपछि कपिलवस्तुमा तीनदिन विद्यालय बन्द गरिएको छ । गर्मीका कारण पठनपाठन प्रभावित भएपछि कपिलवस्तु नगरपालिकाले तीन दिन विद्यालय बन्द गर्ने निर्णय गरेको हो।गर्मी बढेपछि बिहानीसत्रमा पठनपाठन हुँदै आएको थियो । तर तापक्रम बढ्दा बिहानी सत्रको पठनपाठन कार्य पनि प्रभावित बन्न पुगेपछि जेठ १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन … Continue reading गर्मी बढेपछि ३ दिन विद्यालय बन्द

थप पढ्नुहोस् »

मर्यादा विपरित काम गर्ने दुई शिक्षक पदमुक्त

दाङ, १४ जेठ । बाँकेको नरैनापुर गाउँपालिकाले दुई शिक्षकलाई पद मुक्त गरेको छ ।पेशागत मर्यादा विपरित काम गरेको भन्दै गाउँपालिकाले दुई शिक्षकलाई पद्मुक्त गरेको हो । पेशागत मर्यादा नाघेको आरोपमा नरैनापुर ४ खोदावाँस्थित श्री नेपाल राष्ट्रिय विद्यालयका शिक्षक गोरखबहादुर राना र सोही विद्यालयकी शिक्षिका रिता चौधरीलाई जेठ १४ गतेदेखि लागू हुने गरी पदबाट मुक्त गरिएको … Continue reading मर्यादा विपरित काम गर्ने दुई शिक्षक पदमुक्त

थप पढ्नुहोस् »

चोक–चोकमा विद्यार्थीको ब्यापार

दाङ,११ जेठ । घोराहीमा रहेको गुरुकुल एकेडेमी विद्यालयका विद्यार्थीहरुले चोक–चोकमा बसेर ब्यापार गरेका छन् । विद्यालयको प्रयोगात्मक सिकाई अन्र्तगत उनीहरुले घोराहीबजारका विभिन्न चोकमा बसेर मकै, पानीपुरी, खरबुजा, लस्सी लगायतका खानेकुराहरु राखी त्यसको विक्रिवितरण गरेका हुन् । गुरुकुल कक्षा ११ को ब्यबस्थापन संकायमा अध्ययनरत विद्यार्थीहरु प्रयोगात्मक क्रियाकलापममा सहभागी भएका थिए । विद्यार्थीहरुले आफैले सामग्रीहरु खरिद गरि … Continue reading चोक–चोकमा विद्यार्थीको ब्यापार

थप पढ्नुहोस् »

त्रिभुवन नगर जेसिसको लागुऔषध विरुद्ध सचेतना कार्यक्रम

दाङ, ६ वैशाख । ६ दाङको घोराही स्थित पद्धमोदय पब्लिक माध्यामिक बिद्यालयमा लागु औषध दुव्र्यसनी विरुद्ध सचेतना कार्यक्रम गरिएको छ । त्रिभुवन नगर जेसिसको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । समाजमा लागु औषधको समस्या ठुलो भएको भन्दैै यस्ता सचेतना मुलक कार्यक्रमको आबश्यकताका कारण त्रिभुवन नगर जेसिसले सप्ताह कार्यक्रम अन्तर्गत सचेतना कार्यक्रमको आयोजना गरेको हो। यस्ता … Continue reading त्रिभुवन नगर जेसिसको लागुऔषध विरुद्ध सचेतना कार्यक्रम

थप पढ्नुहोस् »

गुणस्तरीय शिक्षामा मावि सेन्टर

दाङ, ३० चैत। सामुदायिक तथा सरकारी विद्यालयहरुमा विद्यार्थीको सिकाई उपलब्धीमा सुधार हुन नसकिरहेको अवस्थामा दाङको तुलसीपुरमा रहेको माध्यामिक विद्यालय तुलसीपुर सेन्टरले गुणस्तरिय सिकाईका लागि कार्य योजनानै बनाएर सुधारको अभियान थालेको छ । तहगत र क्षेत्रगत रुपमा सिकाई उपलब्धीका आधारमा उत्कृष्ट रहदै आएको सेन्टरले गुणस्तरीय शिक्षामा थप प्रभावकारी बनाउन नयाँ नीति अवलम्बन गरेको हो । विद्यालयमा … Continue reading गुणस्तरीय शिक्षामा मावि सेन्टर

थप पढ्नुहोस् »

गुरुकुलको विशेष छात्रवृत्ति योजना

दाङ,२७ चैत ।गुरुकुल एकेडमीले विशेष छात्रवृत्ति प्रदान गर्ने भएको छ। नया शैक्षिकसत्र देखि तुलसीपुर र लमहीमा शाखा विस्तार गरेको गुरुकुलले विशेष छात्रवृत्ति योजना ल्याएको हो । गुरुकुल एकेडेमी तुलसीपुर र लमहीले अन्य विद्यालयका कक्षामा पहिलो , दोस्रो र तेस्रो स्थान हासिल गरेर कक्षा पास गरी गुरुकुलमा आउने  विद्यार्थिहरुको लागि छात्रबृति प्रदान गर्ने गुरुकुल एकेडेमीका अध्यक्ष … Continue reading गुरुकुलको विशेष छात्रवृत्ति योजना

थप पढ्नुहोस् »

सिद्ध रत्ननाथ नारायणपुरमा अक्षयकाेष स्थापना

दाङ, १९ चैत । दाङकाे नारायणपुरस्थित श्री सिद्ध रत्ननाथ  माविका एसएलसी ब्याच २०५३ का विद्यार्थीहरूले विद्यालयमा अक्षयकोष स्थापना गरेका छन् । आज साेमबार विद्यालयमा एक कार्यक्रमकाे आयाेजना गरी एसएलसी ब्याच २०५३ का विद्यार्थीहरूले विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् । गरिब तथा जेहेन्दार विद्यार्थीलाई पठनपाठनमा सहयाेग पुर्‍याउने उद्देश्यका साथ एक लाख रूपैयाँकाे अक्षयकोष स्थापना गरेका हुन् … Continue reading सिद्ध रत्ननाथ नारायणपुरमा अक्षयकाेष स्थापना

थप पढ्नुहोस् »

हुल बाधेर परीक्षा अनुगमन नगर्न निर्देशन

काठमाडौँ ,१६ चैत । राष्ट्रिय परीक्षा बोर्डले निरीक्षणको नाममा पटक-पटक धेरै संख्यामा मानिसहरू परीक्षा हलमा नजान निर्देशन दिएको छ । बिहीबारदेखि सुरु भएको परीक्षामा निरीक्षणको नाममा आधिकारिकभन्दा पनि अन्य व्यक्तिहरू पनि पटक(पटक धेरै संख्यामा परीक्षा केन्द्र र परीक्षा हलमा जानाले परीक्षार्थीको लेखन कार्य प्रभावित भएको भन्ने गुनासा आएको भन्दै परीक्षा बोर्डले हुल बाधेर अनुगमन नगर्न … Continue reading हुल बाधेर परीक्षा अनुगमन नगर्न निर्देशन

थप पढ्नुहोस् »

खुट्टाले लेखेर एसइई परीक्षा दिदै एक विद्यार्थी

गुल्मी,१५ चैत । आज देखि एसइई परीक्षा सुरु भएको छ। देशभरका ५ लाख बढी विद्यार्थीहरु परीक्षामा सम्मिलित छन् । यसैबीच गुल्मीको शृङ्गा जनता माविमा अध्ययनरत ऋषिराम कँडेल पनि एसइई परीक्षामा सहभागी छन् । बिहीबार रुरुक्षेत्र गाउँपालिकाको जनबोध माध्यमिक विद्यालय परीक्षा केन्द्रमा खुट्टाले लेखेर एसइई परीक्षा दिँदै छ्न। तस्बिर : जनार्दन घिमिरे

थप पढ्नुहोस् »