समाचार

प्रजिअलाई नेकपा बहुमतको ध्यानाकर्षण पत्र

दाङ,१८ भदौ। नेकपा (बहुमत) दाङ जिल्लाले प्रमुख जिल्ला अधिकारी रामबन्दु सुबेदीलाई ध्यानाकर्षण पत्र बुझाएको छ । दाङ जिल्ला सेक्रेटरी अम्मर खड्काको नेतृत्व गएको टोलिले ध्यानाकर्षण पत्र बुझाएको हो । भाद्र १६ गते लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यलाई बुझाईएको दुई बुँदे ज्ञापनपत्र कार्यन्वयनको माग गर्दै ध्यानाकर्षण पत्र बुझाएको हो । गत १६ गते नेकपा बहुमत पाँच नम्बर … Continue reading प्रजिअलाई नेकपा बहुमतको ध्यानाकर्षण पत्र

थप पढ्नुहोस् »

सहकारी छानबिन समितिको म्याद थप

काठमाडौं , १८ भदौ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन समितिको म्याद १५ दिन थप भएको छ । मंगलबार प्रतिनिधिसभाको बैठकमा समितिका सभापति सूर्यबहादुर थापाले राखेको १५ दिन म्याद थपको प्रस्ताव सर्वसम्मतिले पारित भएको छ । १५ जेठमा गठन भएको उक्त संसदीय समितिको पहिलो बैठक २२ जेठमा बसेको थियो । पहिले समितिको … Continue reading सहकारी छानबिन समितिको म्याद थप

थप पढ्नुहोस् »

याेजना माग्न मन्त्रालय धाउन पर्दैन :मुख्यमन्त्री आचार्य

बर्दिया, १८ भदौ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले याेजना माग्नकै लागि मन्त्रालय धाउन नपर्ने बताएका छन। याेजना छनाेट प्रक्रिया मार्फत अघि बढेका याेजनालाइ सरकारले कार्यान्वयन गर्ने भएकाले  याेजनाहरुकाे प्राथमिकता निर्धारण गर्न र बिषयगत कार्यालय मार्फत अघि बढ्न निर्देशन दिए । नेकपा एमाले बाँके जिल्ला कमिटिकाे आयाेजनामा बर्दियामा सुरु भएको पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बाेधन गर्दै … Continue reading याेजना माग्न मन्त्रालय धाउन पर्दैन :मुख्यमन्त्री आचार्य

थप पढ्नुहोस् »

विभागीय सदस्य मनोनित

काठमाडौँ,१७ भदौ ।नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको वित्तीय संस्था समन्वय विभाग र पूर्व आप्रवासी समन्वय विभागमा सदस्यहरू मनोनयन गरेका छन् । सभापति देउवाले कांग्रेसको विधान, २०१७ ९संशोधन सहित० को धारा २५ ९९० बमोजिम पार्टीका केन्द्रीय सदस्य कर्णबहादुर बुढा प्रमुख रहेको वित्तीय संस्था समन्वय विभाग र केन्द्रीय सदस्य दिनेश कोइराला प्रमुख रहेको पूर्व आप्रवासी समन्वय … Continue reading विभागीय सदस्य मनोनित

थप पढ्नुहोस् »

तीज मिलनमा वित्तीय साक्षरता

दाङ,१७ भदौ । नेपाल प्रेस युनियन दाङले तीजमिलनको अवसरमा वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ । सिद्धार्थ बैँक लिमिटेड तुलसीपुर शाखाको सहकार्यमा पत्रकार, सरोवाला र विद्यार्थीहरुसंग वित्तीय साक्षरता कार्यक्रम गरेको हो । बैँकका तुलसीपुर शाखाका प्रबन्धक किरण आचार्यले बैँक तथा वित्तीय विषयबस्तुका बारेमा जानकारी गराएका थिए । उनले डिजिटल बैकिङले व्यक्तिको जीवनलाई सरल र सहज … Continue reading तीज मिलनमा वित्तीय साक्षरता

थप पढ्नुहोस् »

छुट्टाछुट्टै दुर्घटनामा परि घाइते दुईजनाको मृत्यु

काभ्रेपलाञ्चोक,१७ भदौ। छुट्टाछुट्टै दुर्घटनामा परी घाइते भएका दुईजनाको मृत्यु भएको छ। आइतबार भएका दुई छुट्टाछुट्टै दुर्घटनामा गम्भीर घाइते दुईजनाको गए राति उपचारका क्रममा मृत्यु भएको हो। करेन्ट लागी घाइते मजदुर र मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते एक वृद्धको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलले जनाएको छ। काभ्रेको पनौती नगरपालिका–६ स्थित निर्माणाधीन नेपाल प्रहरी प्रतिष्ठानको भवनमा दिउँसो … Continue reading छुट्टाछुट्टै दुर्घटनामा परि घाइते दुईजनाको मृत्यु

थप पढ्नुहोस् »

लागू औषध सहित पाँच जना पक्राउ

काठमाडौँ,१७ भदौ । अवैध लागूऔषधसहित प्रहरीले पाँचजनालाई पक्राउ गरेको छ। प्रहरीले एक किलो ४४६ ग्राम चरेस सहित पाँच जनालाई पक्राउ गरेको हो। कपिलवस्तुको कृष्णनगर नगरपालिका- २ यात्रुगेटबाट शिवराज नगरपालिका-१ चैनपुर नौडिहवा बस्ने ६४ वर्षीया कलिसरा पुनलाई आइतबार राती प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय कृष्णनगरबाट खटिएको प्रहरीले नेपालबाट भारततर्फ जाँदै गरेकी उनलाई उक्त … Continue reading लागू औषध सहित पाँच जना पक्राउ

थप पढ्नुहोस् »

स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

रामपुर,१७ भदौ । पाल्पाको रामपुर नगरपालिका–१० बर्दलेमा स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। कालीगण्डकी करिडोरअन्तर्गत रामपुरको बर्दलेबाट रामटारतर्फ जाँदै गरेको लु४४प २४३१ नम्बरको स्कुटर आज बिहान दुर्घटना हुँदा रामपुर–१० चालक ४० वर्षीय यमबहादुर खरु मगर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि रामपुर अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी … Continue reading स्कुटर दुर्घटना हुँदा चालकको मृत्यु

थप पढ्नुहोस् »

हिमालमा नयाँ विद्यार्थीलाई स्वागत

दाङ,१४ भदौ । हिमाल एकाडेमी तुल्सीपुर दाङमा कक्षा ११ मा अध्यनरत विद्याथीलाई स्वागत गरिएको छ । विद्यालयमा कार्यक्रमको आयोजना गरि स्वागत गरियको हो ।विद्यालयका प्रधानाध्यापक मधुसुदन केसीको सभापतित्वमा तथा लोकराज पराजुलीको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो । कार्यक्रममा प्रमुख अतिथी पराजुलीले बिद्यार्थीमा अनुसासन , नैतिकता, इमान्दारिता देशप्रेमको भावना जागृत हुने शिक्षा आजको आबस्यकता भएको बताए … Continue reading हिमालमा नयाँ विद्यार्थीलाई स्वागत

थप पढ्नुहोस् »

कर्मचारी युनियनद्वारा पाठशालालाई सहयोग

दाङ,१४ भदौ । नेपाल निजामती कर्मचारी युनियन दाङले घोेराही उपमहानगरपालिका–७ शुक्रवारमा रहेको उत्तरवाहिनी गुरुकुल संस्कृत पाठशालालाई सहयोग गरेको छ । युनियनले आफ्नो स्थापना दिवसका अवसरमा शुक्रबार उत्तरवाहिनी गुरुकुल संस्कृत पाठशालालाई आर्थिक सहयोग गरेको हो । गुरुकुललाई थोरै भएपनि सहयोग मिलोस भन्ने उद्देश्यले कर्मचारी युनियन दाङ अध्यक्ष श्रीधर अधिकारीलगायतले गुरुकुलका संचालक प्रकाश भट्टराईलाई आर्थिक सहयोग हस्तान्तरण … Continue reading कर्मचारी युनियनद्वारा पाठशालालाई सहयोग

थप पढ्नुहोस् »