समाचार

चौथो संस्करणको ईपीएल क्रिकेट आजदेखि सुरु हुँदै

काठमाण्डाै । चौथो संस्करणको एभरेस्ट प्रिमियर लिग ईपीएल क्रिकेट प्रतियोगिता आजदेखि सुरु हुँदैछ । विश्वमै नाम चलेका विदेशी खेलाडी र भव्य तयारीका कारण बहुचर्चित बनेको ईपीएल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा आजदेखि सुरु हुन लागेको हो । उद्घाटन खेलमा दिउँसो सवा १२ बजे ललितपुर प्याट्रीयट्स र काठमाण्डौ किङ्ग्स इलाभेन खेल्दैछन् । ललितपुर साविकको विजेता पनि हो । ज्ञानेन्द्र मल्लले … Continue reading चौथो संस्करणको ईपीएल क्रिकेट आजदेखि सुरु हुँदै

थप पढ्नुहोस् »

यसवर्ष दशैँ टीकाको शुभ साइत बिहान १० बजेर २ मिनेटमा

काठमाण्डाै । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको बडादशैँका विभिन्न साइत सार्वजनिक गरेको छ ।  असोज २१ गते बिहीवार बिहान ११ः४६ बजे घटस्थापनाको साइत रहेको समितिका अध्यक्ष प्रा. श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो । घटस्थापनाका दिन चित्रा नक्षत्र र वैधृति योग परेकाले ११:४६ बजेअघि चित्रा नक्षत्र र वैधृति योगको शान्ति गरेर घटस्थापना गर्नुपर्छ ।  असोज २२ … Continue reading यसवर्ष दशैँ टीकाको शुभ साइत बिहान १० बजेर २ मिनेटमा

थप पढ्नुहोस् »

सबै फोनमा एउटै चार्जर राख्ने ईयूको प्रस्ताव

काठमाडौं । युरोपेली कमिसनले फोन निर्माताहरुलाई एकै किसिमको चार्जर लाग्ने फोन निर्माणको लागि निर्देशन दिने प्रस्ताव गरेको छ । उपभोक्तालाई पुरानै चार्जर प्रयोगमा प्रेरित गर्दै विद्युतीय फोहोर कम गर्ने उद्देश्यका साथमा यस्तो योजना अघि सारिएको हो । यद्यपि आईफोन निर्माता एप्पलले भने यो कदमले नयाँ आविष्कारमा नकारात्मक असर गर्न सक्ने चेतावनी दिएको छ । एप्पलले … Continue reading सबै फोनमा एउटै चार्जर राख्ने ईयूको प्रस्ताव

थप पढ्नुहोस् »

दिल्लीको एक अदालतमा गोली चल्दा ३ जनाको ज्यान गयो

दिल्लीको एक अदालतमा गोली चल्दा तीन जनाको ज्यान गएको छ । दिल्लीको रोहिणी अदालत परिसरमा गोली चल्दा एक गुन्डा नाइके (ग्याङस्टार) र दुई आक्रमणकारीको ज्यान गएको बीबीसीले जनाएको छ । गोली चल्दा ज्यान गुमाउने गुन्डा नाइकेको नाम जितेन्द्र मान गोगी भएको जनाइएको छ ।    आक्रमणकारीहरू वकिलको पहिरनमा आएका थिए । यस घटनामा एक महिला … Continue reading दिल्लीको एक अदालतमा गोली चल्दा ३ जनाको ज्यान गयो

थप पढ्नुहोस् »

नारायणहिटीबाट श्रीपेच चोर्न खोज्ने १ जना पक्राउ

काठमाण्डाै । नारायणहिटी दरबार सङ्ग्रहालयमा प्रदर्शनमा राखिएको पूर्वराजाको श्रीपेच चोर्न खोजेको आरोपमा एक जना पक्राउ परेका छन् । दरबार सङ्ग्रहालयमा अवलोकनमा गएका रुकुम पश्चिम मुसिकोट नगरपालिका ११ का २५ वर्षीइ खेमबहादुर घर्ती पक्राउ परेका महानगरीय प्रहरी परिसर काठमाण्डौका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) अशोक सिंहले जानकारी दिनुभयो । प्रारम्भिक अनुसन्धानमा घर्तीको मानसिक अवस्था ठिक नभएको … Continue reading नारायणहिटीबाट श्रीपेच चोर्न खोज्ने १ जना पक्राउ

थप पढ्नुहोस् »

यस वर्षको मदन पुरस्कार इ‌ङ्नामलाई

काठमाडौं । यस वर्षको मदन पुरस्कार भगिराज इङ्नामको लिम्बुवानको ऐतिहासिक दस्तावेज संग्रहलाई प्रदान गरिएको छ । मदन पुरस्कार गुठीको बिहीबार बसेको बैठकले सो कृतिलाई मदन पुरस्कार दिने निर्णय गरेको अध्यक्ष कुन्द दीक्षितले जानकारी दिए । त्यस्तै जगदम्बा श्री पुरस्कार नृत्यशास्त्री भैरवबहादुर थापालाई प्रदान गरिएको छ । दुवै पुरस्कारको राशि जनही ४ लाख रुपैयाँ रहेको छ … Continue reading यस वर्षको मदन पुरस्कार इ‌ङ्नामलाई

थप पढ्नुहोस् »

ज्ञानेन्द्र मल्लले ईपीएल नखेल्ने

काठमाण्डाै । राष्ट्रिय पुरुष क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लले एभरेस्ट प्रिमियर लिग (ईपीएल) नखेल्ने भएका छन् । ज्ञानेन्द्र आबद्ध ललितपुर प्याट्रिओट्सले आज बिहीवार एक विज्ञप्ति निकाल्दै याे जानकारी दिएकाे हाे । प्याट्रियट्सका कप्तानसमेत रहेका ज्ञानेन्द्रले व्यक्तिगत कारण देखाउँदै ईपीएल नखेल्ने जनाएका विज्ञप्तिमा जनाइएकाे छ ।  यसअघि राष्ट्रिय टाेलीका पूर्वकप्तान पारस खड्काले ईपीएलबाट नाम फिर्ता लिएका थिए । … Continue reading ज्ञानेन्द्र मल्लले ईपीएल नखेल्ने

थप पढ्नुहोस् »

सानदार जितसँगै दिल्ली शीर्षस्थानमा

दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ को अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राती आइपिएलको ३३ औं खेलमा सनराइजर्स हैदराबादलाई ८ विकेटले पराजित गर्दै दिल्ली शीर्ष स्थानमा उक्लिएको हो । जितका लागि १ सय ३५ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले १७.५ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । दिल्लीका युवा ब्याट्सम्यान श्रेयस … Continue reading सानदार जितसँगै दिल्ली शीर्षस्थानमा

थप पढ्नुहोस् »

विश्व वरीयतामा सन्दीप एकैपटक उक्लिए १२ स्थान माथि

नेपाली राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को ओडिआई वरीयतामा फड्को मारेका छन् । आइसिसीले जारी गरेको नयाँ ओडिआई वरियतामा सन्दीपले एकै पटक १२ स्थान सुधार गरेका छन् । आइसिसीले सार्वजनिक गरेको नयाँ ओडिआई वरियताको बलिङतर्फ सन्दीप ७९ औं स्थानमा छन् । सन्दीपले फड्को मार्नेक्रममा भारतका हार्दिक पान्ड्या, अष्ट्रेलियाका मिचेल … Continue reading विश्व वरीयतामा सन्दीप एकैपटक उक्लिए १२ स्थान माथि

थप पढ्नुहोस् »

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडाे तेस्राे पटक पनि निर्वाचित

क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो तेस्रो पटक निर्वाचित हुनुभएको छ । हिजाे सोमवार भएको संसदीय चुनावको मतगणना जारी रहेकै बेला उहाँको पार्टी लिबरल पार्टीले सरकार बनाउने म्यान्डेट पाएको हो । तर उहाँको पार्टी बहुमत ल्याउनबाट भने चुकेको छ । ४९ वर्षीय ट्रुडो लगातार तेस्रो पटक प्रधानमन्त्री पदमा निर्वाचित हुनुभएको हो । क्यानडामा सन् २०१५ पछि तीन वटा संसदीय … Continue reading क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडाे तेस्राे पटक पनि निर्वाचित

थप पढ्नुहोस् »