स्वास्थ्य

३३ जना बालबालिकालाई पोषिलो आहार वितरण

दाङ,१० फागुन । तुलसीपुर उपमहानगरपालिका स्वास्थ्य महाशाखा र तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ स्वास्थ्य चौकीको सहकार्यमा, अजरबैजान एम्बेसीको आर्थिक सहयोग तथा सेवा प्रतिष्ठान नेपालको आयोजनामा “बालबालिकालाई पोसिलो आहार वितरण” कार्यक्रम सम्पन्न गरिएको छ। उक्त कार्यक्रम उरहरी स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष प्रभा परियारको अध्यक्षतामा तथा सेवा प्रतिष्ठान नेपालको अध्यक्ष सन्तोष के.सी.को प्रमुख आतिथ्यतामा सम्पन्न भयो। … Continue reading ३३ जना बालबालिकालाई पोषिलो आहार वितरण

थप पढ्नुहोस् »

तुलसीपुर-६ का ८सय२४ किशोरीलाई एचपिभी खोप

दाङ,२३ माघ । तुलसीपुरमा किशोरीहरूको पाठेघरको मुख क्यान्सर विरुद्धको खोप अभियान जारी छ। अभियान अन्तर्गत तुल्सीपुर उपमहानगरपालिका वडा नम्बर ६ मा आज किशोरीहरुलाई खोप लगाइएको छ । कक्षा ६ देखि १० सम्म अध्ययनरत ८ सय २४ जना किशोरीलाई खोप प्रदान गरिएको स्वास्थ्य केन्द्रका प्रमुख वसन्त आचार्यले जानकारी दिए।। उनका अनुसारगोलौरा आधारभूत स्वास्थ्य सेवा केन्द्रको समन्वयमा … Continue reading तुलसीपुर-६ का ८सय२४ किशोरीलाई एचपिभी खोप

थप पढ्नुहोस् »

क्यान्सरबाट जोगाउन छोरीहरुलाइ एचपिभी खोप लगाइदै

माघ २२, दाङ। किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर (सर्वाइकल क्यान्सर)बाट जोगाउन दाङको तुलसीपुरमा एचपिभी (ह्युमन प्यापिलोमाभाइरस) खोप अभियान सुरु भएको छ। माघ २२ गतेदेखी फागुन ६ गतेसम्म उपमहानगरपालिकाका १९ वटै वडाका विद्यालय तथा समुदायस्तरमा यो अभियान सन्चालन हुने तुलसीपुर उपमहानगरपालिका जनस्वास्थ्य प्रवर्धन शाखाले जनाएको छ। एचपीभी खोप अभियान २०८१ को अभियानका बारेमा जानकारी गराउने उद्देश्यले आयोजना … Continue reading क्यान्सरबाट जोगाउन छोरीहरुलाइ एचपिभी खोप लगाइदै

थप पढ्नुहोस् »

झुलेनी सेवा समाजको रक्तदान कार्यक्रम

दाङ,१६ माघ। झुलेनी सेवा समाज नेपाल दाङले रक्तदान कार्यक्रम गरेको छ। आफ्नो संस्थाको स्थापना दिवस तथा सहिद दिवसको अवसर पारेर झुलेनी सेवा समाजले रक्तदान कार्यक्रम गरेको हो। बुधबार झुलेनी सेवा समाजका अध्यक्ष दुर्गाप्रसाद भण्डारीको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक बिमल केसीको प्रमुख अतिथितामा उक्त कार्यक्रम भएको थियो। जनस्वास्थ्य निरीक्षक केसीले रक्तदान जस्तो मानव सेवासँग … Continue reading झुलेनी सेवा समाजको रक्तदान कार्यक्रम

थप पढ्नुहोस् »

नेपाल स्वास्थ प्राविधिक संघ दाङ देशकै उत्कृष्ट

दाङ, १६ माघ । नेपाल स्वास्थ्य प्राविधिक संघ (PAN) जिल्ला शाखा दाङ देशकै सर्वोउत्कृष्ट शाखा घोषित भएको छ। संघको राष्ट्रिय परिषद भेलामा बुधबार दाङ शाखालाई उत्कृष्ट शाखाको रूपमा सम्मान गरिएको हो। समारोहमा संघद्वारा सञ्चालित हरेक कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै स्थानीयस्तरमा उल्लेखनीय योगदान पुर्‍याएबापत दाङ जिल्ला शाखालाई प्रशंसा पत्रसहित सम्मान गरिएको हो। संघका अध्यक्ष दोर्ण बहादुर … Continue reading नेपाल स्वास्थ प्राविधिक संघ दाङ देशकै उत्कृष्ट

थप पढ्नुहोस् »

राप्ती लाइफ केयरको नर्सिङ दिवसमा विविध कार्यक्रम

दाङ,१५ माघ। तुलसीपुरस्थित राप्ती लाइफ केयर हस्पिटलले ६३ औं नेपाल नर्सिङ दिवसको अवसरमा विभिन्न कार्यक्रम सम्पन्न गरेको छ। मंगलबार अस्पताल र यस अन्तर्गतका शिक्षण संस्थाहरूको संयुक्त आयोजनामा रक्तदान, बिरामीहरूलाई फलफूल वितरण लगायतका कार्यक्रम गरिएको हो।अस्पतालका सञ्चालक समितिका कार्यकारी अध्यक्ष हरि रिजालको अध्यक्षतामा कार्यक्रम भएको हो। कार्यक्रममा बोल्दै अस्पताल सञ्चालक समितिका कार्यकारी अध्यक्ष हरि रिजालले नर्सिङ … Continue reading राप्ती लाइफ केयरको नर्सिङ दिवसमा विविध कार्यक्रम

थप पढ्नुहोस् »

आज ७२औँ विश्व कुष्ठरोग दिवस

काठमाडौं ,१३ माघ। आज ७२औँ विश्व कुष्ठरोग दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ। कुष्ठरोग प्रभावितलाई जागरूक बनाउने, सम्मान गर्ने र रोगीप्रतिको भेदभाव अन्त्य गर्ने उद्देश्यले यो दिवस हरेक वर्ष जनवरी महिनाको अन्तिम आइतबार मनाइन्छ। सन् १९५४ मा सुरु भएको यो दिवस विश्वभर कुष्ठरोगप्रति जनचेतना फैलाउन महत्त्वपूर्ण मानिन्छ। सन् १८७३ मा नर्वेका वैज्ञानिक डा। जीए … Continue reading आज ७२औँ विश्व कुष्ठरोग दिवस

थप पढ्नुहोस् »

गढवामा विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली सुरु

दाङ,४ माघ। गढवा गाउँपालिकामा बिहीबारदेखि विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली सुरु गरिएको छ। स्वास्थ्य सेवाहरूलाई छरितो, व्यवस्थित, र प्रभावकारी बनाउनका लागि यो प्रणाली लागू गरिएको हो। गाउँपालिकाको स्वास्थ्य शाखाका अनुसार, यो प्रणालीले बिरामीको सम्पूर्ण स्वास्थ्य विवरण विद्युतीय रूपमा अभिलेख गरी आवश्यकता अनुसार सहज पहुँच प्रदान गर्नेछ। प्रणालीले स्वास्थ्यकर्मीहरूलाई बिरामीको विवरण सुरक्षित राख्न, आवश्यक जानकारी तुरुन्तै उपलब्ध … Continue reading गढवामा विद्युतीय स्वास्थ्य अभिलेख प्रणाली सुरु

थप पढ्नुहोस् »

शीतलहरट बच्न जिल्ला प्रशासनको आग्रह

दाङ,२४ पूस। जिल्ला प्रशासन कार्यालय दाङले चिसो र शितलहरबाट बच्न आग्रह गरेको छ। चिसो मौसमको सुरुवातसँगै दाङ जिल्लामा शीतलहरको प्रभाव बढ्न सक्ने सम्भावना रहेको भन्दै प्रशासन कार्यालय दाङले स्वास्थ सजकता अपनाउन आग्रह गरेको हो। प्रशासनले जारी गरेको सूचनामा चिसोका कारण बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला र बिरामीहरू बढी प्रभावित हुने भएकाले विशेष सावधानी अपनाउन अनुरोध गरिएको … Continue reading शीतलहरट बच्न जिल्ला प्रशासनको आग्रह

थप पढ्नुहोस् »

सबै सरकारी अस्पतालमा नि:शुल्क रगत

धनगढी,२२ पुस । सुदूरपश्चिम प्रदेश सरकारले नि:शुल्क रगत उपलब्ध गराउने निर्णय लागू गरेको छ। प्रदेश सरकारले सबै सरकारी अस्पतालमा रगत निःशुल्क उपलब्ध गराउने गरि निर्णय लागू गरेको हो । आइतबारदेखि प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सबै सरकारी अस्पतालमा निःशुल्क रगत सेवाको सुरुवात गरेका हुन् । मुख्यमन्त्री शाह र सामाजिक विकासमन्त्री मेघराज खड्काले सेती प्रादेशिक अस्पतालमा उपचारत … Continue reading सबै सरकारी अस्पतालमा नि:शुल्क रगत

थप पढ्नुहोस् »