after_navbar

भाइटीकाको दिन अशुभ छ भन्नु भ्रम मात्रै


कार्तिक २८, २०७७


काठमाडौं । पञ्चाङ्ग निर्णायक समितिले मंसिर १ भाइटीका लगाउन विभिन्न कारणले अशुभ रहेको भन्ने अफवाहको पछि नलाग्न आग्रह गरेको छ । समितिका सचिव सूर्य ढुंगेलले विभिन्न कारणले अशुभ योग परेको भनेर फैलाइएको सूचनामा कुनै सत्यता नरहेको स्पष्ट पारेका हुन् ।

ad

मलमासका कारण केही समय पछि सरेको तिहारको मुख्य दिन भाइटीका यो वर्ष मंसिर १ गते परेको छ । तर बजारमा कसैले मंसिरमा दिदीबहिनीबाट दाजुभाइलाई टीका लगाउन नहुने भन्ने हल्लाका कारण धेरैमा अन्योल सिर्जना भए पनि यसमा कुनै सत्यता नरहेको ढुंगेलले बताएका हुन् ।

ad

‘पहिलो कुरा त शास्त्रले मंसिरमा दिदीबहिनीले दाजुभाइलाई टीका लगाउन हुँदैन भन्ने कुनै विधान तय गरेको छैन’ ढुंगेलले भने ‘हामीले मनाउने पर्व चान्द्रमास अनुसार तय हुन्छ र मंसिर एक गतेपनि चान्द्र मास अनुसार कात्तिक महिना नै पर्ने भएकोले त्यो तर्कमा कुनै सत्यता छैन ।’

ad

अर्काेतर्फ शुभ योग नरहेको भनेर चलेको हल्लामा पनि सत्यता नरहेको ढुंगेलले जानकारी दिए । मध्याह्नमा द्वितीया तिथी परेको दिन यमद्वितीया या भाइटीका मनाउने चलन छ । त्यसैले यसमा कुनै शुभ र अशुभ योगको कुरा नहुने ढुंगेलले बताए । त्यसैले भाइटीकाको दिन निर्धक्क भएर भाइटीका लगाउन पनि ढुंगेलले सबैमा आग्रह गरेका छन् । – अनलाइन खबर

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="