काठमाण्डाै । माघ १ गतेदेखि एउटा बैंकको एटीएम कार्ड प्रयोग गरेर अर्को बैंकबाट पैसा निकालेमा शुल्क लाग्ने भएको छ । अन्तर–बैंक एटीएम प्रयोग गर्दा महिनामा दुई पटक निःशुल्क पैसा निकाल्न पाइने तर दुई पटकभन्दा धेरै पैसा निकाल्दा हरेक पटक बढीमा २० रुपैयाँ शुल्क काट्न पाइने राष्ट्र बैंकले जनाएको छ ।
यसअघि कोरोना महामारीको बेलामा जुनसुकै बैंकको एटीएम प्रयोग गर्दा पनि पैसा नलाग्ने नियम बनाएको राष्ट्र बैंकले अब पैसा लाग्ने नियम बनाएको हो ।
यस्तै ग्राहकलाई पूर्व सूचना दिएर र अनुमति लिएर बैंक तथा वित्तीय संस्थाले मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र एसएमएस जस्ता विद्युतीय कारोबारको शुल्क लिन पाउने भएका छन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस