after_navbar

बोलेरो जिप पल्टिँदा १८ जना घाइते


१ घण्टा अगाडि


चितवन । चितवनमा जीप दुर्घटना हुँदा १८ जना घाइते भएका छन् ।चितवनको राप्ती नगरपालिका-५ चौकीडाँडास्थित भित्री सडकखण्डमा बोलेरो जिप पल्टिँदा १८ जना घाइते भएका छन्। घाइतेमध्ये ११ जनालाई थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज पठाइएको छ भने सात जनाको भण्डारा अस्पतालमा उपचार भइरहेको छ।

आइतबार दिउँसो कालिटाँरबाट भण्डारातर्फ जाँदै गरेको ग ३ च ५२२५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई पल्टिएको इलाका प्रहरी कार्यालय भण्डाराले जनाएको छ।

घाइते हुनेहरुमा १० वर्षीया आशीका प्रजा, १२ वर्षीय भिषण प्रजा, १३ वर्षीया झरना प्रजा, ३५ वर्षीय सन्तोष प्रजा, ६ वर्षीया निरुता प्रजा, २९ वर्षीया माया प्रजा र मायाका ११ महिनाका छोरा इशान प्रजा छन्। उनीहरूमध्ये आशीका र भिषणको अवस्था मध्यम तथा अन्यको सामान्य रहेको छ।

यसैगरी राप्ती नगरपालिका-१३ का १५ वर्षीया ममता प्रजा, १० वर्षीया प्राप्ती प्रजा, ३० वर्षीया सनिता प्रजा, २५ वर्षीया यानीमाया प्रजा, १९ वर्षीया अस्मिता प्रजा, दुई वर्षीय रियन प्रजा, आठ वर्षीय समिर प्रजा, सात वर्षीय अविरल प्रजा, नौ वर्षीय सुशान्त प्रजा र ६ वर्षीय जेम्म प्रजा ,२४ वर्षीय विशाल मगर घाइते छन् । उनीहरूमध्ये ममता, प्राप्ती, सनिता र यानीमायाको अवस्था मध्यम तथा अन्यको सामान्य रहेको छ।

प्रहरीले जीप चालक राप्ती नगरपालिका-१३ का करिब २६ वर्षीय रोशन प्रजालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस

data-href="