समाचार

गृहमन्त्री अर्यालको राष्ट्रियसभा सिफारिसविरुद्ध सर्वोच्चमा रिट

काठमाडौँ, ५ चैत । गृहमन्त्री ओमप्रकाश अर्याललाई राष्ट्रियसभा सदस्यमा सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ। अधिवक्ता मनिषकुमार श्रेष्ठले उक्त निर्णयको वैधानिकतामाथि प्रश्न उठाउँदै सरकारको निर्णय बदर गर्न माग गरेका छन्। रिटमा प्रधानमन्त्री सुशीला कार्की, मन्त्रिपरिषद् कार्यालय र गृहमन्त्री अर्याललाई विपक्षी बनाइएको छ। नेपालको सर्वोच्च अदालतको संवैधानिक इजलासमा रिटको पेसी आउँदो चैत … Continue reading गृहमन्त्री अर्यालको राष्ट्रियसभा सिफारिसविरुद्ध सर्वोच्चमा रिट

थप पढ्नुहोस् »

राजेश हमालको नाम दुरुपयोग गरी भ्रष्टाचार: पालिका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा

काठमाडौँ, ५ चैत । अभिनेता राजेश हमालको निर्देशनमा चलचित्र बनाउने भन्दै गाउँपालिकाको रकम हिनामिना गरेको आरोपमा अछामको ढकारी गाउँपालिका अध्यक्षसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गाउँपालिका अध्यक्ष प्रकाशबहादुर साउद, तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण साह, लेखापाल विमल साउद तथा ट्वान्टी फोर मिडिया प्रालि र नव इन्द्रेणी फाउन्डेसनका अध्यक्ष … Continue reading राजेश हमालको नाम दुरुपयोग गरी भ्रष्टाचार: पालिका अध्यक्षसहित चार जनाविरुद्ध मुद्दा

थप पढ्नुहोस् »

संसद सचिवालयको बैठक सुरु

दाङ,५ चैत। संघीय संसद् सचिवालयको बैठक सुरु भएको छ । फागुन २१ को निर्वाचनपछि संघीय संसद् सचिवालयले बोलाएको पहिलो सर्वदलीय बैठक सुरू भएको हो। नवनिर्वाचित सांसदहरूको सपथ, संसदीय दलको कार्यालय व्यवस्थापन, आगामी अधिवेशन तयारीलगायत विषयमा छलफल गर्न बैठक बोलाएका हुन् । बैठकमा छ वटै दलका प्रतिनिधि सहभागी छन्

थप पढ्नुहोस् »

सामान्य देखिने जीवनभित्र लुकेको गम्भीर खतरा: पाठेघर र स्तन क्यान्सर

हामी नेपालीहरूको दैनिकी प्राय सामान्य देखिन्छ—आमाको हातको चियाको सुँगन्धले भरेको बिहान, श्रीमतीले प्रेमले पकाएको खाना, हाँसो र दौडधुपले भरिएको दिदीबहिनीहरूको दैनिकी। तर कहिलेकाहीँ यस सामान्य जीवन भित्र एउटा गहिरो रहस्य लुकेको हुन्छ, जुन बाहिरबाट कहिल्यै देखिँदैन।बाहिरबाट हेर्दा जीवन सहज, सुन्दर र व्यवस्थित लाग्छ। तर यही सामान्य जीवनभित्र कहिलेकाहीँ एउटा गम्भीर खतरा लुकेको हुन्छ—त्यो हो महिलाको … Continue reading सामान्य देखिने जीवनभित्र लुकेको गम्भीर खतरा: पाठेघर र स्तन क्यान्सर

थप पढ्नुहोस् »

सशस्त्रका डिएसपीमाथि हातपात

काठमाडौं ,५ चैत । सशस्त्र प्रहरी बलका एक डीएसपीमाथि हातपात भएको छ । कैलालीको टीकापुरस्थित सीमा सुरक्षा गुल्मका प्रमुख डीएसपी प्रदीप पौडेलमाथि बुधबार केही युवाले कार्यालयभित्रै प्रवेश गरेर अभद्र व्यवहार गरेका हुन्। सशस्त्र प्रहरीका अनुसार तस्करीका सामान बरामद गर्ने क्रममा तस्करीमा संलग्न युवाहरू र सुरक्षाकर्मीबीच विवाद भएको थियो। सोही क्रममा केही युवा गुल्मभित्र प्रवेश गरी … Continue reading सशस्त्रका डिएसपीमाथि हातपात

थप पढ्नुहोस् »

सांसद शपथबारे दलसँग छलफल गर्दै संसद सचिवालय

काठमाडौं,५ चैत । संघीय संसद सचिवालयले सांसदहरूको शपथग्रहणबारे ६ दलका प्रतिनिधिसँग छलफल गर्ने भएको छ। सचिवालयले आज दिउँसो २ बजे दलका प्रतिनिधिलाई छलफलका लागि बोलाएको हो। फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनपछि ६ वटा राष्ट्रिय दल बनेका छन्। यसैबीच निर्वाचन आयोगले पनि आजै राष्ट्रपतिलाई निर्वाचन प्रतिवेदन बुझाउने तयारी गरेको छ।सचिवालयले आउँदो चैत १२ गते … Continue reading सांसद शपथबारे दलसँग छलफल गर्दै संसद सचिवालय

थप पढ्नुहोस् »

ट्रकको ठक्करबाट दम्पतीको मृत्यु

दाङ,५ चैत। कैलालीको कैलारी गाउँपालिका–५ बजैपुरमा गएराति ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु भएको छ। मृत्यु हुनेमा सोही स्थानका ६० वर्षीय कलसु चौधरी र उनकी ७० वर्षीया श्रीमती सेतानु चौधरी रहेका छन्। जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक योगेन्द्र तिमिल्सिनाले उक्त जानकारी दिएका हुन्। उनका अनुसार ना ६ ख ७७८ नम्बरको ट्रकले गोरुगाडालाई … Continue reading ट्रकको ठक्करबाट दम्पतीको मृत्यु

थप पढ्नुहोस् »

समानुपातिक सांसदलाई भोलि प्रमाणपत्र वितरण

दाङ,४ चैत। निर्वाचन आयोगले समानुपातिकतर्फ निर्वाचित सांसदहरूलाई बिहीबार ९भोलि० प्रमाणपत्र प्रदान गर्ने भएको छ। आयोगका अनुसार समानुपातिक प्रणालीबाट निर्वाचित सांसदहरूले बिहीबार बिहान ११ः३० बजे प्रमाणपत्र ग्रहण गर्ने कार्यक्रम तय गरिएको छ। कार्यक्रम काठमाडौंस्थित आयोगको प्राङ्गणमा हुनेछ। गत फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनबाट समानुपातिकतर्फ ११० जना सांसद निर्वाचित भएका छन्। प्रत्यक्षतर्फ भने १६५ जना … Continue reading समानुपातिक सांसदलाई भोलि प्रमाणपत्र वितरण

थप पढ्नुहोस् »

दाङमा लागूऔषधसहित चार जना पक्राउ

दाङ, ४ चैत । प्रहरीले दाङको घोराहीबाट लागूऔषधसहित चार जनालाई पक्राउ गरेको छ। घोराही–१४ स्थित एक गेष्ट हाउसबाट लागूऔषध कारोबार भइरहेको विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रोल्पा त्रिवेणी गाउँपालिका–२ नुवागाउँका २४ वर्षीय धोजबहादुर घर्ती, सोही स्थानका ३१ वर्षीय हिरामणि घर्ती, माडी गाउँपालिका, दाङ–७ मिसीडाँडाका २६ वर्षीय ईश्वर बुढामगर … Continue reading दाङमा लागूऔषधसहित चार जना पक्राउ

थप पढ्नुहोस् »

लुम्बिनीमा प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेरः राप्ती प्रादेशिक अस्पतालका मेसुको गुल्मी सरुवा

दाङ,४ चैत । लुम्बिनी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बढुवा भएका कर्मचारीहरूको पदस्थापन तथा प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेर गरेको छ। बैठकले प्रदेश आयोजना बैंक सञ्चालन तथा व्यवस्थापन निर्देशिका, २०८२ पनि स्वीकृत गरेको स्वास्थ्य मन्त्री खेमबहादुर सारूले जानकारी दिए। उक्त निर्देशिकामार्फत प्रदेशका प्राथमिकता प्राप्त आयोजना छनोट, व्यवस्थापन र कार्यान्वयनलाई व्यवस्थित बनाउने उद्देश्य राखिएको सरकारले जनाएको … Continue reading लुम्बिनीमा प्रदेश सचिवहरूको जिम्मेवारी हेरफेरः राप्ती प्रादेशिक अस्पतालका मेसुको गुल्मी सरुवा

थप पढ्नुहोस् »