दाङ,२० जेठ। टिप्परले विद्युत पोल ढालेपछि चोट लागेर तीन वर्षीया बालिकाको मृत्यु भएको छ। शनिबार बेलुका सवा ४ बजेतिर लु २ ख २३८६ नम्बरको टिपरले सडक निर्माणका लागि गिट्टी झार्ने क्रममा त्यसको ढालाले विद्युतको लाइन छुन जाँदा तार तानिएपछि पोल ढलेको थियो।
तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १८ मा ढलेको तारसहितको पोलले स्थानीय तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १७ मानपुरका तीन बालक घाइते भएका थिए ।
त्यसमध्ये लक्ष्मण चौधरीकी ३ वर्षीया छोरी सुप्रिया चौधरीको बाँकेको नेपालगञ्जस्थित नरसिंङ होममा उपचारका क्रममा राति १०स्५ बजे मृत्यु भएको इप्रका तुलसीपुरले जनाएको छ। अन्य दुई बालक भने उपचार पछि डिस्चार्ज भइ सकेका छन् ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस