जाजरकोट, २२ जेठ । जाजरकोटको भेरी नदी किनारमा एक व्यक्ति मृत्त अवस्थामा फेला परेका छन् ।
भेरी नदी किनारमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् ।
भेरी नगरपालिका वडा नम्बर ११ स्थित हुक्काडोलास्थित भेरी नदी किनारको पानीमा अन्दाजी ४५ वर्षका एक व्यक्ति मृत अवस्थामा फेला परेका हुन् ।
स्थानीयले पुरुष व्यक्तिको लास पानीमा तैरिरहेको छ भन्ने सूचना पाएपछि जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक माधव विश्वकर्माको कमाण्डमा घटनास्थलतर्फ गएको प्रहरी टोलीले शवको मुचुल्का लगायतको प्रारम्भिक अनुसन्धान गरी शवलाई परीक्षणका लागि जिल्ला अस्पताल जाजरकोटको शवगृहमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक विश्वकर्माले जानकारी दिए । मृतक व्यक्तिको पहिचान खुल्न सकेको छैन ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस