after_navbar

नेकपा एस मधेस सरकारबाट बाहिरिदै


जेठ २२, २०८१


काठमाडौँ,२२ जेठ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) मधेस सरकारबाट बाहिरिने भएको छ। केन्द्रीय गठवन्धन अनुसार मन्त्रीहरुले आजै राजीनामा बुझाउने तयारी भएको एकीकृत समाजवादी मधेश प्रदेशका प्रमुख सचेतक कनिश पटेलले जानकारी दिए ।

ad

“केन्द्रीय गठबन्धनअनुसार नै अघि बढ्ने निर्णय गरेका छौँ । उनले भने –‘सरकारबाट बाहिरिने तयारी गरेका छौँ । सम्भव भएसम्म आजै हाम्रा मन्त्रीहरूले राजीनामा बुझाउनुहुन्छ,।”

जनता समाजवादी पार्टी नेपालका सरोजकुमार यादव नेतृत्वको सरकारमा एकीकृत समाजवादीका दुई मन्त्री छन् । त्यहाँ एकीकृत समाजवादीका गोविन्दबहादुर न्यौपाने र बेची लुंगेली मन्त्री छन् । केन्द्रीय सत्तासाझेदार दलहरूको सहमतिअनुसार मधेसबाट एकीकृत समाजवादी बाहिर लागेको हो ।

यसअघि एमाले र माओवादी केन्द्रले त्यहाँ जनमत पार्टीलाई मुख्यमन्त्री दिने सहमति गरेका थिए । पटेलले भने कसको सरकार बनाउने भन्ने विषयमा छलफल हुन बाँकी नै रहेको बताए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="