after_navbar

घर नजिकै एक पुरुष मृत्त फेला


असार १७, २०८१


रुकुमपश्चिम, १६ असार । रुकुम पश्चिममा एक पुरुष मृत्त फेला परेका छन् । रुकुम पश्चिमको मुसिकोट नगरपालिका १ छिङमा एक पुरुष मृत फेला परेका हुन्।

ad

छिङको माथिगाउँ निवासी ३० वर्षीय टोपजंग रोकाय मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक ९डिएसपी० नवराज पोखरेलका अनुसार शनिबार बेलुका घरनजिकको खोल्सामा रोकायको शव फेला परेको हो ।

प्रहरीका अनुसार रोकायले मादक पदार्थ सेवन गरी लडेको हुनसक्ने प्रारम्भिक अनुमान गरिएको छ । रोकायको शवलाई पोष्टमार्टमका लागि आइतबार बिहान जिल्ला अस्पताल सल्लेमा लगिएको छ ।

रोकायको शरीरमा बाहिरी चोट केही नदेखिएकाले पोष्टमार्टम रिपोर्टपछि थप कुरा खुल्ने डिएसपी पोखरेलले दिए।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="