after_navbar

अन्तर वडास्तरीय रनिङ शिल्ड सुरु


माघ १, २०८१


दाङ, १९ माघ । तुलसीपुर उपमहानगरपालिकामा प्रथम अन्तर वडास्तरीय रनिङ शिल्ड फुटबल प्रतियोगिता सुरु भएको छ। तुलसीपुर–६ को आयोजनामा तथा मदन भण्डारी युथ क्लब र युथ्स अफ तुलसीपुरको सहकार्यमा शनिबारदेखि प्रतियोगिता सुरु भएको हो।

प्रतियोगिताको उद्घाटन नेकपा एमालेकी केन्द्रीय सदस्य तथा पूर्व राष्ट्रिय सभा सदस्य कोमल वलीले गरेकी थिइन्। कार्यक्रममा बोल्दै वलीले खेलकुद संविधानमा उल्लेखित स्थानीय सरकारको अधिकार अन्तरगत कार्यान्वयन भएको बताइन्। उनले खेलकुदको विकासका लागि स्थानीय तहले विशेष ध्यान दिनुपर्नेमा जोड दिँदै दाङमा अन्तर्राष्ट्रिय स्तरका खेलकुद प्रतियोगिताहरू आयोजना गर्न आवश्यक रहेको बताइन्।

तुलसीपुर उपमहानगरपालिकाकि नगर उपप्रमुख स्यानी चौधरी , महिला अधिकारकर्मी सुस्मा लामिछाने, निवर्तमान नगरप्रमुख घनश्याम पाण्डे, लगायतले खेलकुदले युवा विकास र राष्ट्रको पहिचान अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेल्ने धारणा राखे।

उद्घाटन कार्यक्रम वडा नम्बर ६ का वडाध्यक्ष दुजमान भण्डारीको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने कार्यक्रमको सहजीकरण नानिमैया केसी वलीले गरेकी थिइन्। आयोजकका अनुसार प्रतियोगिता सफल बनाउन स्थानीय युवाहरूको सक्रिय सहभागिता रहेको छ।

प्रतियोगिता अन्तर्गत विभिन्न वडाका टिमहरूले सहभागिता जनाउनेछन् भने उत्कृष्ट खेल प्रदर्शन गर्ने टोलीलाई उपाधि प्रदान गरिने आयोजकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="