लक्ष्मण बस्नेत,२५ माघ। दाङको तुलसीपुरमा संचालित सर्वाधिक राशिकाे अध्यक्ष कप अन्तर वडा स्तरिय रनिङ फुटबल प्रतियाेगिता २०८१ को उपाधि वडा न ६ ले जितेको छ ।
तुलसीपुर उपमहानगरपालिका वडा न ६ काे आयाेजना तथा युथ अफ तुलसीपुर र मदन भण्डारी स्पोर्ट्स क्लबको सहकार्यमा आज शुक्रबार सम्पन्न फाईनल खेलमा वडा न ८ लाई ४-० गोल ले पराजित गर्दै वडा न ६ ले उपाधी जितेको हो ।
खेलमा आफ्नो दबदबाह प्रस्तुत गरेको वडा न ६ ले उपाधी संगै नगद २ लाख ६६ हजार ६ सय ६६ र चाँदीको रनिङ शिल्ड हात पार्यो ।फाईनलमा हार ब्यहोरेको वडा न ८ उपबिजेतामा सिमित रहदै नगद १ लाख ६६ हजार ६ सय ६६ सहित कप, मेडल र प्रमाणपत्रमा चित्त बुझाउन बाध्य भयो ।
प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने ब्यक्तिगत बिधा तर्फ वेष्ट प्लेयर खेलाडी वडा न ६ का हरिहर बुढामगर भए । उनले नगद ८ हजार तथा ट्रफी हात पारे ।
त्यस्तै वेष्ट डिफेन्स वडा न ६ का एलिस रसाईलि,हाई स्कोरर वडा न ६ सागर गन्धर्व,वेष्ट किप्पर वडा न ६ कै प्रतीक सेर्पाईली,वेष्ट मिड फिल्डर वडा न ८ का राज बहादुर बस्नेत,बेष्ट कोच वडा न ६ का कमल लामिछाने भए । उत्कृष्ट सबैलाई जनही ५ हजार तथा ट्रफी प्रदान गरिएको थियो ।
यसैबिच प्रतियोगिताको समापन समारोह तुलसिपुर उपमहानगरपालिका वडा न ६ का अध्यक्ष तथा प्रतियोगिता मुल आयोजक समितिका संयोजक दुजमान भन्डारीको अध्यक्षता तथा लुम्बिनी प्रदेश सरकारका पुर्व अर्थ मन्त्री माननीय धन बहादुर मास्किको प्रमुख आतिथ्य एवं तुलसिपुर उपमहानगरपालिका उपप्रमुख स्यानी चौधरी र वडा न १८ का अध्यक्ष तथा नगर प्रवक्ता माधव वलिको विशिष्ट आतिथ्यमा भएको थियो ।
कार्यक्रमको संचालन नानी मैयाँ केसि वलि ले गर्नु भएको थियो ।
माघ १९ गते देखि संचालित प्रतियोगितामा तुलसीपुर नगरका १९ वडा मध्य १६ वडाका टिमको सहभागिता रहेको थियो ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस