after_navbar

तुलसीपुरमा करेन्ट लाग्दा एकजनाको मृत्यु


फागुन ०१, २०८१


दाङ,१ फागुन । दाङको तुलसीपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।

ad

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १२ टरीगैँ स्थित मङ्गलम बालुवा प्रशोधन उद्योग परिसरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

आज दिउँसो साढे ३ बजे उद्योग परिसरमा रोकिराखेको
रा १ क १५६६ नम्बरको टिप्पर बालुवा लोड गर्ने क्रममा टिप्परका सह- चालकको मृत्यु भएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार मृत्यु हुनेमा स्थायी घर सल्यान कपुरकोट गाउँपालिका १-लाकु बस्ने २१ वर्षीय समिर घर्तिमगर रहेका छन्।

टिप्परको ढालामा केही सामान छ कि भनेर हेर्ने क्रममा क्रसरको मेन लाइन छुँदा करेन्ट लागेको करेन्टले उनी गम्भीर घाइते भएका थिए। घाइते घर्ती मगरलाई राति प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारका लगिएको थियो उनको उपचारका क्रममा सवा ४ बजेतिर मृत्यु भएको प्रहरीले बताएको ।

टिप्पर साहु स्थायी घर तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १९ बस्ने गणेश घर्ती मगर र स्थायी ठेगाना तुलसीपुर उपमहानगरपालिका वडा नं १६ बस्ने टिप्पर चालक ४० वर्षीय श्रीराम चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="