after_navbar

सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु,एक गम्भीर घाइते


फागुन १६, २०८१


बर्दिया ,१६ फागुन । बर्दियामा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ एकजना गम्भीर घाइते भएका छन्। ठाकुरबाबा नगरपालिका–३ बगनाहास्थित भुरीगाउँबाट बनकट्टी जाँदै गरेको मोटरसाइकललाई अटो रिक्साले ठक्कर दिँदा एकको मृत्यु भएको हो ।

ad

बनकट्टीका करिब ६० वर्षीय मख्खुराम थारुले चलाएको भे १२ प ११०८ को मोटरसाइलमा सवार ६० वर्षीय दरवारिया थारुको मृत्यु भएको प्रहरी उपरीक्षक केदार खनालले बताए ।

गम्भीर घाइते भएका चालक मख्खुरामलाई उपचारार्थ शिक्षण अस्पताल नेपालगन्ज लगिएको उनले बताए । प्रहरीले ठक्कर दिने भे १ स ८६३२ नम्बरको अटोका चालक ठाकुरबाबा–२ तिनघरुवाका ४७ वर्षीय धनीराम थारुलाई नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="