काठमाडौं, १६ फागुन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रतिकूल मौसमका कारण परराष्ट्रमन्त्री आरजु राणा चढेको विमान काठमाडौंमा अवतरण गर्न नसकेपछि कोलकाता डाइभर्ट गरिएको छ।
परराष्ट्रमन्त्रीका सल्लाहकार एकराज पाठकका अनुसार कतार एयरलाइन्सको उक्त विमान दोहाबाट काठमाडौं आउँदै थियो। काठमाडौंमा अवतरणको धेरै प्रयास भए पनि निरन्तर खराब मौसमका कारण सुरक्षित रूपमा अवतरण गर्न नसक्दा विमानलाई कोलकाता मोडिएको हो।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस