after_navbar

अश्वारा खानेपानीमा लोकतान्त्रिक प्यानलको विजयी


फागुन १८, २०८१


दाङ,१८ फागुन । दाङको तुलसीपुर उपमहानगरपालिका–८ स्थित अश्वारा खानेपानी उपभोक्ता तथा सरसफाइ समितिको निर्वाचनमा लोकतान्त्रिक प्यानल विजयी भएको छ।

ad

अध्यक्ष पदमा शिवहरी भण्डारी पुनः निर्वाचित भएका छन् । उनले २६४ मत प्राप्त गर्दै प्रतिस्पर्धी नरेश घर्तीलाई ६४ मतको अन्तरले पराजित गरे। घर्तीले २०२ मत प्राप्त गरे।

भण्डारी नेतृत्वको प्यानल नेपाली काँग्रेस र एमालेको समर्थनमा चुनावी मैदानमा थियो भने घर्ती नेतृत्वको स्वतन्त्र प्यानलमा माओवादी, राप्रपा र मंगोल पार्टीको समर्थन रहेको थियो।

अन्य पदमा पनि लोकतान्त्रिक प्यानलका उम्मेदवारहरूले जित हासिल गरेका छन्। उपाध्यक्ष पदमा आशाराम भण्डारी २७२ मत प्राप्त गर्दै विजयी हुनुभएको छ भने उनका प्रतिस्पर्धी भुपबहादुर डाँगीले १८० मत प्राप्त गरे।

सचिव पदमा द्रोण आचार्य २६६ मत प्राप्त गर्दै विजयी हुनुभएको छ भने स्वतन्त्र प्यानलकी सुधा वलीले १८८ मत प्राप्त गरेकी थिइन । सहसचिवमा सृजना शाही २६८ मत प्राप्त गर्दै निर्वाचित भइन भने प्रतिद्वन्द्वी रमिता चौधरीले १७४ मत प्राप्त गरिन्।

सदस्य पदमा डिल्ली बहादुर भण्डारी (२९७ मत), बुद्धिराज गिरी (२११ मत), सुशीला कँवर (२८१ मत) र राधा बस्नेत (२६५ मत) विजयी भएकी छन् । कोषाध्यक्ष पदमा होम बहादुर डाँगी यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए।

निर्वाचन समितिका संयोजक चक्र बहादुर भण्डारीका अनुसार बिहान ७ बजे सुरु भएको मतदानको मतगणना दिउँसो २ बजे सकिएको थियो। कुल ५७४ मतदातामध्ये ४९१ मत खसेको थियो।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="