after_navbar

प्रतिबन्धित ट्रामाडोल सहित तीन पक्राउ


फागुन १८, २०८१


दाङ,१८ फागुन । प्रहरीले पाँच हजार ट्याब्लेट ट्रामाडोलसहित ३ जनालाई पक्राउ गरेको छ। नेपालगंज उपमहानगरपालिका-१६ भन्सार चोकमा इलाका प्रहरी कार्यालय जयसपुरबाट खटिएको टोलीले भारतबाट नेपाल आउँदै गरेको मोटरसाइकललाई जाँच गर्ने क्रममा लागू औषध फेला पारेको हो।

ad

प्रहरीले यूपी 40R7145 नम्बरको मोटरसाइकलमा सवार भारतको कोलकाता घर भएका, हाल नेपालगंज उपमहानगरपालिका-१० ट्राफिक चोक बस्दै आएका ३८ वर्षीय जियाउल शेष, भारतको जगोर घर भएका, हाल सोही ठाउँ बस्ने १८ वर्षीय सद्दाम सैयाद र मोटरसाइकल चालक नेपालगंज उपमहानगरपालिका-१६ का २४ वर्षीय नफिस अहमद कबडियालाई नियन्त्रणमा लिएको छ।

उनीहरूको साथबाट प्रतिबन्धित लागू औषध ट्रामाडोलका ५०० पत्ता (५,००० ट्याबलेट) फेला परेको प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि अघि बढाइएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी एवं प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक पातलीले जानकारी दिएका छन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="