after_navbar

मापसे सेवनपछी विवाद हुंदा हत्या


फागुन १, २०८१


दाङ, १९ फागुन । मादक पदार्थ सेवनपछि भएको विवादका कारण दाङकी एक महिलाको हत्या भएको छ । हत्यामा संलग्न व्यक्ति रुपन्देहीको तिलोत्तमा नगरपालिका–१२ बस्ने ४२ वर्षीय अमिरीका थारु भनेर चिनिने अजय थारु रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

ad

प्रहरीका अनुसार दाङको लमही नगरपालिका–७ की ४० वर्षीया सङ्गीता चौधरी र अजय थारु रुपन्देहीमा मजदुरी गर्दै आएका थिए । गत फागुन ८ गते मादक पदार्थ सेवनका क्रममा दुबैजनाबीच विवाद भएको थियो । विवादकै क्रममा अजय थारुले नजिकैको ढुङ्गा प्रयोग गरी चौधरीको हत्या गरेका थिए ।

घटनापछि चौधरीको शव रुपन्देहीको बेथरी–बुटवल सडक खण्डमा पर्ने सियारी गाउँपालिका–२, भगदरीस्थित सडक किनारको खेतमा परालले छोपिएको अवस्थामा फेला परेको थियो ।

घटनाको अनुसन्धानका क्रममा स्निफिङ कुकुरसहितको प्रहरी टोली परिचालन गरिएको थियो । अनुसन्धानका आधारमा अजय थारुलाई प्रहरीले पक्राउ गरेको छ । घटनास्थलबाट प्रहरीले हत्यामा प्रयोग गरिएको २ वटा ढुङ्गा, मृतकको मोबाइल, चप्पल, टोपी बरामद गरेको छ । त्यस्तै, अभियुक्तको हत्या गर्दाको अवस्थामा लगाएको पाइन्ट र मृतकको साइकल पनि प्रहरीले फेला पारेको छ ।

प्रहरीका अनुसार मादक पदार्थ सेवनपछि भएको विवादकै कारण हत्या भएको देखिएको छ । दुबैजना मजदुरी गरेर जीविकोपार्जन गर्दै आएका थिए । पक्राउ परेका अभियुक्तविरुद्ध कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="