after_navbar

ग्रील पसलेले ७ वर्षीय बालकको लिङ्ग काटिदिए


जेठ २२, २०८२


विराटनगर २१ जेठ । मोरङमा एक व्यक्तिले बालकको लिंग काटिदिएका छ्न। मोरङको पथरीशनिश्चरे नगरपालिका–६ मा ग्रील पसल सञ्चालक ४८ वर्षीय मही चौधरीले ७ वर्षीय बालकको लिङ्ग काटिदिएका हुन् ।

जिस्किने क्रममा फलाम काट्ने ग्रेन्डरको प्रयोगले सात वर्षीय बालकको लिङ्गको टुप्पोको केही भाग काटिदिएका छन् ।

पीडित बालक स्थानीय किरण चौधरीका छोरा हुन् । घटना ग्रील पसलमै भएको हो, जहाँ बच्चा खेल्न गएका बेला मही चौधरीले जिस्किने क्रममा ग्रेन्डर चलाउँदा घाइते भएको प्रहरीले जनाएको छ ।

गम्भीर चोट लागेपछि बालकलाई उपचारका लागि नोबेल मेडिकल कलेजमा भर्ना गरिएको छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ भने आरोपित मही चौधरीले नै बालकलाई अस्पताल पुर्‍याएको बताइएको छ ।

घटनाको बारेमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="