after_navbar

आन्दोलन नरोकिएसम्म सरकारले राप्रपालाई पीएसओ फिर्ता नदिने


जेठ २२, २०८२


काठमाडौं,२१ जेठ । सरकारद्वारा राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० र राप्रपा नेपालका नेताहरूलाई प्रदान गरिएको व्यक्तिगत सुरक्षा अधिकारी (पीएसओ)हरू आन्दोलन नरोकिएसम्म फिर्ता नहुने भएका छन् ।

राजावादी दलहरूले संयुक्तरूपमा आन्दोलन सुरु गर्नु अघिल्लो दिन सरकारले उनीहरूलाई दिइएको पीएसओ फिर्ता गरेको थियो। प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले ब्रिफिङ गर्दै राप्रपा, राप्रपा नेपाल लगायतका नेताहरूको सुरक्षामा खटिएका सबै सुरक्षाकर्मीहरू फिर्ता गरिएको जानकारी दिएका थिए। तर ब्रिफिङपछि पनि पीएसओहरू पूर्णरूपमा फिर्ता नगरिएको पाइएको छ।

बुधबार बसेको प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा गृहमन्त्री रमेश लेखकले आन्दोलन नरोकिएसम्म सुरक्षाकर्मी पुनः खटाइने अवस्था नरहने स्पष्ट पारे।

उनका अनुसार, राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद बुद्धिमान तामाङ, पशुपति शमशेर राणा, दीपक सिंह, विक्रम पाण्डे, ज्ञानेन्द्रबहादुर शाही, ध्रुबबहादुर प्रधान र राप्रपा नेपाल अध्यक्ष कमल थापाको पीएसओ पनि फिर्ता गरिएको छ।

बैठकमा राप्रपाका सांसद बुद्धिमान तामाङले नेताहरूको सुरक्षा किन फिर्ता गरिएको हो भन्ने प्रश्न उठाएका थिए। जवाफमा गृहमन्त्री लेखकले आन्दोलन नियन्त्रणमा प्राथमिकता दिँदै सुरक्षाकर्मीलाई त्यतातर्फ खटाइएको जानकारी दिए। उनले आन्दोलन रोकिएलगत्तै सुरक्षाकर्मीहरू पुनः खटाइने आश्वासन पनि दिए।

गृहमन्त्री लेखकले हालको शासन प्रणाली संघीय लोकतान्त्रिक गणतन्त्र रहेको उल्लेख गर्दै राजतन्त्र, संघीयता र समावेशिताविरुद्ध हुने गतिविधिहरू मुलुकलाई पुनः अन्धकारतिर लैजाने चेतावनी दिए।

“यो संविधान धेरै त्याग, तपस्या, बलिदान र शाहदतपछि प्राप्त भएको हो,” मन्त्री लेखकले भने, “गणतन्त्र, संघीयता, लोकतन्त्रबाट पछि फर्किने प्रयत्नहरू निरर्थक छन्। त्यस्ता प्रयासमा नलाग्न मेरो सादर अनुरोध छ।”

उनले सुरक्षाकर्मीको फिर्ता तत्कालीन सुरक्षा आवश्यकताको कारण भएको भन्दै कुनै पनि घटनामा थप सुरक्षा आवश्यक परे तत्काल आवश्यक व्यवस्था गरिने स्पष्ट पारे।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="