काठमाडौं,२५ जेठ । प्रतिनिधि सभाको बैठक आइतबार पनि कार्यसूचीमा प्रवेश गर्न सकेन। दिउँसो १ बजेका लागि तय गरिएको बैठक दुई पटक स्थगित भई साँझ साढे ६ बजेमात्र सुरु भयो। तर, बैठक सुरु भएलगत्तै होहल्ला भएपछि पुनः अवरुद्ध भएको हो।
संसद् बैठक सुरु हुनासाथ विपक्षी दलका सांसदहरू उठेर गृहमन्त्री रमेश लेखकको राजीनाको माग गर्दै नाराबाजीमा उत्रिए। त्यसपछि सत्तापक्षका सांसदहरू पनि उठेर जनताका मुद्दा संसदमा उठाउन नदिएको भन्दै आपत्ति जनाए।
सत्तापक्ष र प्रतिपक्षबीचको होहल्लाका बीच सभामुख देवराज घिमिरेले संसद् बैठक स्थगित गर्दै अर्को बैठक सोमबार दिउँसो २ बजे बस्ने जानकारी गराएका छन्।
विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री लेखकको संलग्नता रहेको भन्दै निरन्तर रूपमा संसद् अवरुद्ध गर्दै आएका छन्। यसले संसद्को नियमित कार्यसूची प्रभावित भएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस