after_navbar

घोराहीमा माइल्सको सातौं शाखा बिस्तारः गुरुकुलमा सहयोग


असार ०१, २०८२


दाङ,१ असार । शैक्षिक परामर्श सेवामा सक्रिय माइल्स इन्टरनेसनल कन्सल्टेसीले आफ्नो सातौं शाखा दाङको घोराहीमा बिस्तार गर्दै औपचारिक उद्घाटन गरेको छ। विगत एक दशकदेखि युवा भविष्य निर्माणमा समर्पित यस संस्थाले घोराही शाखाको उद्घाटन गरी आफ्नो सेवा क्षेत्रलाई थप फराकिलो बनाएको हो ।

घोराही शाखाका अध्यक्ष किरण पुनको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वडा नम्बर १५ का अध्यक्ष रमेश कुमार पाण्डेको प्रमुख आतिथ्यतामा शाखाको उद्घाटन गरिएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष पाण्डेले अन्तर्राष्ट्रिय शिक्षा प्राप्तिका लागि मार्गदर्शन गर्ने यस्ता संस्थाको भूमिकालाई अत्यन्त महत्वपूर्ण बताए । उनले कन्सल्टेसीले युवालाई वैदेशिक शिक्षाको अवसरमा सहज पहुँच दिँदै दक्ष जनशक्ति निर्माणमा टेवा पुर्‍याइरहेको बताए । साथै उनले स्थानीय सरकार शिक्षाको क्षेत्रमा निजी संस्थाको योगदानलाई सदैव सकारात्मक दृष्टिले लिने उल्लेख गरे।

त्यसैगरी, पत्रकार महासंघका केन्द्रीय सदस्य प्रियासनले विदेश अध्ययनका लागि जाने विद्यार्थीहरूलाई सही जानकारी, योजना र मार्गनिर्देशन दिने कार्यमा माइल्स इन्टरनेसनलको योगदान प्रशंसायोग्य भएको धारणाराखे । विद्यार्थीले विदेश जानुअघि सुसूचित निर्णय गर्न पाउनु उनको अधिकार भएको र त्यसका लागि यस्ता परामर्श संस्थाहरूको भूमिका उदाहरणीय हुनुपर्नेमा उनले जोड दिए।

कन्सल्टेसीका सीईओ विवेक सिवाकोटीले संस्थाको १० वर्षे यात्राको विवरण दिँदै, हालसम्म युरोप, अमेरिका, यूके, क्यानडा, अस्ट्रेलिया, कोरिया, जापान लगायतका मुलुकमा ५०० भन्दा बढी विद्यार्थी पठाउन सफल भएको जानकारी दिए । उनले संस्थाको आगामी योजना र सेवा विस्तारसम्बन्धी प्रतिवद्धता पनि व्यक्त गरे।

उद्घाटन समारोहमा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुबेदी, त्रिभुवन नगर जेसीज दाङका अध्यक्ष अनन्त रावत लगायतका अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गर्दै कन्सल्टेसीको प्रयासको प्रसंशा गरे । कार्यक्रमको स्वागत मन्तव्य इनुप भण्डारीले गरेका थिए भने सञ्चालन सन्दिप भुसालले गरेका थिए ।

यसैविच, माइल्स इन्टरनेसनल कन्सल्टेसी घोराही शाखाले गुरुकुलमा सहयोग सामग्री हस्तान्तरण गरेको छ । संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत घोराहीको शुक्रबारमा रहेको गुरुकुल स्कुलमा अध्ययनरत विद्यार्थीहरूलाई शैक्षिक सामग्री, खाद्यान्न र भान्सा प्रयोजनका सामग्रीहरू हस्तान्तरण गरेको थियो।

घोराही शाखाका प्रमुख दिर्शान सिंहले कन्सल्टेसी शैक्षिक सेवासँगै सामाजिक उत्तरदायित्वलाई पनि उत्तिकै महत्त्व दिने संस्थाको परिचय भएको स्पष्ट पारे। उक्त सहयोग कार्यक्रमको समन्वय युवा व्यवसायी मिनराज भाटले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="