after_navbar

अमेरिकी आक्रमणले इरानको परमाणु केन्द्र ध्वस्त भएको छैनः सीएनएन


असार ११, २०८२



काठमाडौँ,११ असार। अमेरिकाको आक्रमणबाट इरानको परमाणु कार्यक्रम पूर्णरुपमा नष्ट नभएको समाचार सार्वजनिक भएको छ ।

अमेरिकाको रक्षा मन्त्रालयको मुख्यालय पेन्टागनको गोप्य रिपोर्टमा इरानको परमाणु कार्यक्रम पूर्णरुपमा नष्ट नभएको उल्लेख रहेको सीएनएनले जनाएको छ ।

इजरायल र इरानबीच युद्ध जारी रहेका बेला अमेरिकाले गत शनिबार इरानका फोर्दो, नताञ्ज र इस्फाहान परमाणु केन्द्रमा बंकर बस्टर बम प्रहार गरेको थियो । भूमिगत संरचना नष्ट गर्न प्रभावकारी मानिने जीबीयू–५७ नामक ‘बंकर–बस्टर’ बमले ६१ मिटर तलसम्म घुसेर विष्फोट हुने गर्दछ ।

अमेरिकाले आक्रमणपछि सार्वजनिक गरेको स्याटेलाइट तस्वीरहरूमा फोर्दो साइटमा दुई स्थान नजिक ६ वटा गहिरा खाडलहरु देखिन्छन्, तर भित्री भाग कति नष्ट भयो भन्ने खुलस्त छैन । यद्यपि अमेरिकी सेनाका शीर्ष अधिकारी जनरल ड्यान केनले आक्रमणबाट इरानका तीनवटै परमाणु केन्द्रमा गम्भीर क्षति पुगेको बताएका थिए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="