after_navbar

ज्ञानदीपमा रक्तदान कार्यक्रम


श्रावण १०, २०८२


दाङ,९ साउन । दाङको तुलसीपुरमा रक्तदान कार्यक्रम भएको छ। ज्ञानदीप कलेज तुल्सिपुरको आयोजना तथा रेडक्रस दाङको प्राविधिक सहयोगमा शुक्रबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो।

ad

५९औं रक्तसञ्चार सेवा दिवसको अवसरमा आयोजित कार्यक्रममा कलेजका शिक्षक र विद्यार्थीहरू गरी ५३ जनाले रक्तदान गरेका छन्।

तुल्सिपुर क्षेत्रमा रगतको माग उच्च भए पनि त्यस अनुसार रक्तदाता नपाइएकोले समाजिक उत्तरदायित्व अन्तर्गत कलेजले वार्षिक क्यालेन्डरअनुसार नियमित रक्तदान कार्यक्रम गर्दै आएको कलेजका भाइस प्रिन्सिपल मनोज कुमार केसीले जानकारी दिए।

कलेजका प्राध्यापक शरद गौतमले रगत अभावका कारण कसैले अकालमै ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले आफू पनि नियमित रक्तदान गर्दै आएको बताए ।

कार्यक्रममा दाङ रेडक्रसले मानिसको शरीरमा खेर जाने रगतलाई मानव सेवामा प्रयोग गर्न सबैमा नियमित रक्तदान गर्न अपिल गरेको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="