after_navbar

तनाव व्यवस्थापन विषयक एक दिवसीय कार्यक्रम सम्पन्न


श्रावण १, २०८२


दाङ, १८ साउन । हिमाल स्काउट ट्रुप तुलसीपुरको आयोजनामा विद्यार्थीहरूको मानसिक तनाव व्यवस्थापन सम्बन्धी एक दिवसीय कार्यक्रम आइतबार तुलसीपुरमा सम्पन्न भएको छ।

ad

हिमाल एकेडेमी स्काउट ट्रुपका स्काउटर प्रणव साहको अध्यक्षता तथा तुलसीपुर उपमहानगरपालिकाका प्रमुख टिकाकराम खड्काको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि खड्काले स्काउटले विद्यार्थीको व्यक्तित्व विकास र नेतृत्व क्षमतामा पुर्‍याएको योगदानको चर्चा गर्दै वर्तमान समयका बालबालिकामाझ देखिएको ठूलो समस्या तनाव भएको उल्लेख गरे।

उनले आजका विद्यार्थी नै भोलिका सक्षम राष्ट्रसेवक हुने भन्दै समयमै मनको विकार हटाएर सेवा भावले जीवन जिउनुपर्नेमा जोड दिए। “मन, वचन र कर्मले मानव सेवामा समर्पित हुनुपर्छ,” उनले भने।

कार्यक्रमकी विशेष अतिथि तथा प्रशिक्षक ॐ शान्ति विश्व विद्यालयकी दिदी माला ले आत्मिइक ज्ञानद्वारा नै मानिसमा नैतिकता र इमानदारीताको बीउ रोप्न सकिने बताइन्। उनले मानव जीवनको सार्थकता नै आध्यात्मिक चेतनासँग जोडिएको धारणा राखिन्।

कार्यक्रममा नेपाल स्काउटका केन्द्रीय सदस्य नवीनकुमार पराजुली, प्रदेश सदस्य निरञ्जना पाण्डे, र विद्यालयका प्रधानाध्यापक मधुसूदन केसीले स्काउट शिक्षाको महत्व, मूल्य, मान्यता तथा स्काउटरहरूको भूमिकासम्बन्धी प्रशिक्षण दिएका थिए।

कार्यक्रमको सहजीकरण स्काउट मास्टर अञ्जली साहले गरेकी थिइन्।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="