एजेन्सी । मिनियापोलिसस्थित एननसिएसन क्याथोलिक विद्यालयमा भएको गोलीकाण्डमा दुई बालबालिकाको मृत्यु भएको छ। १७ जना घाइते भएका छन्। मृत्यु हुने बालबालिकाको उमेर ८ र १० वर्षको रहेको प्रहरीले पुष्टि गरेको छ।
स्थानीय प्रहरी प्रमुख ब्रायन ओ’हाराले यस घटनालाई “बच्चा र भक्तहरू विरुद्ध सचेत रूपमा गरिएको हिंसा” भनेका छन्। उनका अनुसार बन्दुकधारीसँग राइफल, सटगन र पिस्तोल रहेका थिए। उनले चर्चको झ्यालमार्फत गोली प्रहार गरेका थिए।
प्रहरीका अनुसार गोली चलाएपछि बन्दुकधारीले आत्महत्या गरेका छन्।
घाइतेमध्ये १४ जना बालबालिका रहेका छन् भने दुईको अवस्था गम्भीर रहेको जनाइएको छ।
यस घटनाप्रति अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले प्रतिक्रिया दिँदै ट्रुथ सोसलमार्फत लेखेका छन्, “ह्वाइट हाउसले यस भयानक घटनालाई निरन्तर निगरानी गरिरहेको छ।”
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस