after_navbar

अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प, २५० भन्दा बढीको मृत्यु


भदौ १६, २०८२


काबुल, १६भदौ । अफगानिस्तानमा आइतबार राति गएको ६.३ म्याग्निच्युडको शक्तिशाली भूकम्पका कारण कम्तिमा २५० जनाको मृत्यु भएको छ भने ५०० भन्दा बढी व्यक्ति घाइते भएका छन्। अमेरिकी भूगर्भ सर्वेक्षणका अनुसार भूकम्पको केन्द्र जलालाबाद शहरबाट लगभग १७ माइल टाढा रहेको थियो।

ad

जलालाबाद करिब २ लाख जनसंख्या भएको शहर हो, जुन राजधानी काबुलबाट सडकमार्गमार्फत १०० माइलभन्दा कम दूरीमा अवस्थित छ। रातभर उक्त क्षेत्रमा शक्तिशाली धक्का महसुस गरिएको स्थानीयवासीहरूले जनाएका छन्।

भूकम्पबाट सर्वाधिक क्षति कुनार प्रान्तमा: द न्यु योर्क टाइम्सको रिपोर्टअनुसार अधिकांश मृत्युहरू अफगानिस्तानको पूर्वी छिमेकी कुनार प्रान्तमा भएको छन्। सरकारी प्रवक्ता जबिहुल्लाह मुजाहिदले सामाजिक सञ्जालमार्फत भूकम्पले केही पूर्वी प्रान्तहरूमा गम्भीर जनधनको क्षति पुर्‍याएको पुष्टि गरेका छन्। यद्यपि, विस्तृत विवरण भने उनले सार्वजनिक गरेका छैनन्।

अल जजीराका अनुसार भूकम्पको प्रभाव अफगानिस्तान मात्र नभई छिमेकी पाकिस्तानको खैबर पख्तुनख्वा र पञ्जाब प्रान्तसम्म पनि महसुस गरिएको थियो। ती क्षेत्रहरूमा पनि भूकम्पका कारण त्रास फैलिएको बताइएको छ।

अधिकारीहरूले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरेका छन्, किनभने धेरै स्थानमा उद्धार कार्य जारी छ र क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको बताइएको छ।

स्थानीय तथा अन्तर्राष्ट्रिय उद्धार टोलीहरूलाई तयारी अवस्थामा राखिएको छ भने घाइतेहरूको उपचारका लागि अस्थायी अस्पतालहरू समेत स्थापना गरिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="