दाङ,२१ भदौ । दाङको तुलसीपुरमा रहेको ज्योति एजुकेशन फाउण्डेसनले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गरेको छ। विद्यालयका कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूको आयोजनामा शनिबार आयोजना गरिएको कार्यक्रममार्फत नयाँ विद्यार्थीहरूलाई स्वागत गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि तथा राष्ट्रिय परीक्षा बोर्ड, दाङका प्रमुख कमल प्रकाश अर्यालले ज्ञान ज्योति कलेज जिल्लाको गौरव गर्ने शैक्षिक संस्था भएको भन्दै प्रशंसा गरे। उनले यस वर्ष जिल्लामा ६४ प्रतिशतभन्दा बढी विद्यार्थीले परीक्षा उर्तिण गरेको र त्यसमध्ये ज्ञान ज्योति कलेज पनि सफल भएको बताए।
‘पढाई केवल अंक ल्याउने साधन मात्र होइन, जीवनलाई अनुशासनमा ल्याउने अभ्यास र सफलताका लागि अर्को अवसर हो। उनले भने–‘ शिक्षा कुनै पनि समाजको मेरुदण्ड हो। शिक्षाबिना समृद्ध राष्ट्रको परिकल्पना गर्न सकिन्न।’
कार्यक्रममा नयाँ भर्ना भएकी कक्षा ११ की प्रेजिना रावतले कलेजको संस्कृति र परम्परामा आफूलाई पनि समेटिन पाउँदा आभारी भएको बताइन्। उनले शिक्षक–शिक्षिकाहरू र अग्रज विद्यार्थीहरूले आगामी दिनमा शिक्षा कस्तो दिने भन्नेमा महत्वपूर्ण भूमिका खेल्ने बताइन्।
तुलसीपुर उपमहानगरपालिका शिक्षा शाखा अधिकृत मनबहादुर खड्काले भने, विद्यार्थीले रोज्ने वातावरण र संगतले भविष्य निर्धारण गर्ने भएकाले सिपयुक्त र संस्कारयुक्त शिक्षा ग्रहण गर्नुपर्नेमा जोड दिए।
कार्यक्रममा तुलसीपुर–६ का वडाध्यक्ष दुजमान भण्डारी, नेपाल पत्रकार महासंघ दाङका उपाध्यक्ष ओपेन्द्र बस्नेत लगायतले फाउण्डेसनका शैक्षिक गतिविधिको प्रशंसा गरेका थिए। साथै, कक्षा १२ मा नेपाल प्रथम, जिल्ला प्रथम र विभिन्न विश्वविद्यालय छात्रवृत्तिधारी विद्यार्थीका रूपमा नगदसहित सम्मान गरिएको थियो।
कार्यक्रमको मुख्य आकर्षणका रुपमा नेपाली संगीत जगतका चर्चित गायक निशान भट्टराई थिए। उनले आफ्नो प्रस्तुति मार्फत विद्यार्थीलाई मनोरञ्जन गराए र लोकप्रिय गीतहरू प्रस्तुत गर्दै कार्यक्रममा उर्जा थपेका थिए । ।
यसैगरी, विद्यार्थीहरूले विभिन्न जातजाति, भाषा र संस्कृतिलाई झल्काउने सांस्कृतिक प्रस्तुतिहरू पनि कार्यक्रममा राखेका थिए।
कार्यक्रम कक्षा १२ का विद्यार्थी विविद्व सेजवालको अध्यक्षतामा भएको थियो । कक्षा १२ की समीक्षा चन्दो स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण शिक्षक सन्तोष केसी र सोमराज बस्नेतले गरेका थिए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस