काठमाडौ,१ असोज। जंगली च्याउ खाँदा गुल्मीमा छजना बिरामी परेका भएका छन् । गुल्मीदरबार गाउँपालिका –१ बलिथुमका रजाली परिवार बुधबार बिहान जंगलबाट ल्याएको च्याउ खादा बिरामी भएका हुन् । खानाको समयमा उक्त च्याउ खाँदा बिरामी भएको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।
बलिथुमका ८३ वर्षीय केहरसिंह रजाली, ३३ वर्षीया हिमा रजाली, १६ वर्षीया एलिना रजाली, १३ वर्षीया विपना रजाली,१० वर्षीय किरण रजाली र छिमेकी ३६ वर्षीया बविना रजाली बिरामी परेका हुन् ।
स्थानीय शुभ सारथी मेडिकल हल मजुवामा उनीहरूको उपचार भइरहेको छ । बिरामीको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । च्याउ खाँदा उनीहरूमा वाकवाकी लाग्ने, टाउको दुख्ने र पखाला लाग्नेलगायतका लक्षण देखा परेका थिए ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस