after_navbar

नेपाल टेलिकमको दशैं तिहार अफर : २५० रुपैयाँमै १ हजार मिनेट कुरा गर्ने सुबिधा


असोज ०७, २०८२


दाङ ,७ असोज । नेपाल नेपाल टेलिकमको दशैं, तिहारदेखि छठसम्मको अफर ल्याएको छ । नेपालीहरुको महान पर्वको अवसर पारेर आफ्ना ग्राहकहरुका लागि छुट, डाटा र फोनकलको अफर ल्याएको छ ।

ad

सो अफर अन्तर्गत एफटीटीएच प्याकेज जडानमा छुट सहित मोबाइल सेवामा सहुलियत दरका भ्वाइस तथा डाटा प्याकेजहरु २०८२ असोज ०६ गतेदेखि प्रारम्भ हुनेछन्।
यस अफर अन्तर्गत असोज ६ गतेदेखि ३१ गतेसम्म नयाँ एफटीटीएच प्याकेज जडान गर्ने ग्राहकहरुलाई जडान शूल्कमा ५ सय रुपैयाँ मिनाहा गरेको छ ।

टेलिकमले दशैं तिहार र छठ अफर अन्तर्गत नै जीएसएम सेवाका ग्राहकहरुका लागि ४९९ रुपैयाँमा ५ जीबी फेस्टिवल अनलिमिटेड र ६९९ रुपैयाँमा १० जीबी फेस्टिवल अनलिमिटेड प्रिमियम डाटा प्याकेज उपलब्ध गराइएको छ।

फेस्टिवल अनलिमिटेड प्याकेज खरिद गर्ने ग्राहकले प्रतिदिन फेयर यूजर पोलिसी (एफपीयू) मा तोकिएको ५ जीबी डाटा भोल्यूम खपत भैसकेपछि बाँकी समयावधि २ एमबीपीएस गतिमा र फेस्टिवल अनलिमिटेड प्रिमियम प्याकेज खरिद गर्ने दिने भएको छ ।

यसका लागि ग्राहकले प्रतिदिन एफपीयूमा तोकिएको १० जीबी डाटा भोल्यूम खपत भैसकेपछि बाँकी समयावधि ३ एमबीपीएस गतिमा अनलिमिटेड डाटा प्रयोग गर्न सक्नेछन् ।

२५० रुपैयाँमा १ हजार मिनेट अल नेट भ्वाइस सुविधा सहितको जोयफूल मिनेटस् र ९९ रुपैयाँमा १ हजार अननेट एसएमएस सुविधाको फेस्टिभ म्यासेज प्याकेज समेत सञ्चालनमा ल्याइएको छ । यी सबै प्याकेजहरुमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि २८ दिन र पोस्टपेड मोबाइल प्रयोगकर्ताका लागि ३० दिनको समयावधि तोकिएको छ ।

जीएसएम सेवाका प्याकेजहरु असोज ६ गतेदेखि असोज २० गतेसम्म र कार्तिक १ गतेदेखि कार्तिक १० गतेसम्म खरिद गर्ने ग्राहकहरुका लागि लागु हुनेछ । आफ्नो मोबाइलबाट *१४१५*५५ #डायल गरेर वा नेपाल टेलिकम एपु प्रयोग गरेर यी प्याकेजहरु खरिद गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="