दाङ,२९ असोज । दाङको घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा बिरामीहरूले सैया (बेड) पाउनै मुस्किल भएको छ । उपचार गर्न आउने विरामीको संख्या अत्यधिक रुपमा बढ्न थालेपछि बिरामीलाई बेड अभाव भएको अस्पताल्ले जनाएको छ । दैनिक ९ सय जना बिरामी उपचारका लागि अस्पतालमा आउने गरेका छन । त्यस्मा आधा बिरामीभर्ना हुने प्रकारका आउने गरेको अस्पतालको भनाइ छ ।
प्रतिष्ठानमा भने बिरामीको लागि ३२० बेट मात्रै रहेका छन्। नयाँ भवन सञ्चालनमा नआउँदासम्म बेडको अभावको अवस्था भने यस्तै रहने अस्पतालका सुचना अधिकृत निशानदाजु भट्टराईले जानकारी दिए । प्रतिष्ठानमा उपचारका लागि आउने बिरामिको संख्या भने वर्षेनि लाखौको संख्या बढिरहेको छ । प्रतिष्ठानको वहीरंग र अन्तरंग गरेर २ लाख १८ हजार ७९ जना विरामीले चालु आवमा सेवा लिएका छन । जसअनुसार वहिरंग सेवा २ लाख ४ हजार १ सय जना र अन्तरंग सेवा १३ हजार ९ सय ७९ जनाले लिएका छन् । प्रतिष्ठानले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०८०/०८१ मा वहीरंग र अन्तरंग १ लाख ७६ हजार ९ सय ७४ जना विरामीले सेवा लिएका छन् । जसमा वहिरंग सेवा १ लाख ६८ हजार ५ सय २२ जना र अन्तरंग सेवा ८ हजार ४ सय ५२ जना विरामीले पाएका छन् ।
त्यस्तै आर्थिक बर्ष २०७९/८० मा वहिरंग र अन्तरंग गरेर १ लाख ६० हजार ६ सय ५८ जना विरामीले सेवा पाएका छन् । जसमा वहिरंग सेवा १ लाख ५३ हजार ५ सय र अन्तरंग सेवा ७ हजार १ सय ५८ जना विरामीले उपचार सेवा प्राप्त गरेको सुचना अधिकृत भट्टराइले जानकारी दिए ।
प्रतिष्ठानका रजिष्ट्रार प्रा. श्याम लम्सालले प्रतिष्ठानमा विशेषज्ञ सेवा र अत्याधुनिक उपकरणहरु थपिदै गएपछि सेवा विस्तार हुँदै गएको बताए । उनले प्रतिष्ठानलाई पश्चिम नेपालकै स्वास्थ्य क्षेत्रको हव बनाउने गरी अघि बढेको भन्दै यसको विकास र विस्तारमा सामुहिकरुपमा पहल र आवश्यक्ता रहेको औल्याए ।
रजिष्ट्रार लम्सालले प्रतिष्ठानले गएको आर्थिक वर्षदेखी न्युरो सर्जरी सेवा सेवा सुरु गरेको, आगामी मंसिर महीनाभित्र क्याथ्ल्याव सेवा सुचारु गरी मुटु रोग उपचार सुरु गर्ने, युरोलोजि र युरो सर्जरी सेवा सुचारु रहेको छ । त्यस्तै उनका अनुसार ४ सय शैया अस्पताल यसै आवमा निर्माण शुरु हुने, सामुदायीक सेवा अन्तरगत रोल्पाको होलेरी र त्रिवेणिमा सेवा सुरु गरेको र एमविविएस कार्यक्रम सहजरुपमा सञ्चालनमा रहेको छ । प्रतिष्ठानमा हाल ३ सय २० वेड चालु अवस्थामा रहेको छ ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस