दाङ । राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठानका उपकुलपति डा. बिकास लामिछानेले पदबाट राजीनामा दिएका छन । उनले प्रधानमन्त्री शुसिला कार्कीलाई भेटेर पदबाट राजीनामा दिएका हुन ।
घरायसी र स्वास्थ्यको कारण देखाउदै आफूले पदबाट राजीनामा दिएको बताएका छन । साथै लामिछानेले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यबाद पनि दिएका छन ।
लामिछानेको आउँदो फागुनमा आफ्नो ४ वर्षे कार्यकाल सकिने थियो । तर, पनि कार्यकाल सकिनु भन्दा अघि नै उनले पदबाट राजीनामा दिएका हुन । उपकुलपति लामिछानेले रजिस्ट्रार प्रा.श्याम लम्साललाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएर पदबाट राजीनामा दिएका हुन ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस