after_navbar

कक्षा ११ को पुराना आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा


कार्तिक ०१, २०८२


दाङ,३१ असोज । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ को पुराना आंशिक र ग्रेड वृद्धि परीक्षाको नतिजा सार्वजनिक गरेको छ। बोर्डले सूचना जारी गरेर नतिजा प्रकाशन गरेकोबारे जानकारी गराएको हो।

ad

आंशिक परीक्षामा ९ हजार ९३४ विद्यार्थी सहभागी भएकामा ५ हजार ९१६ जना उत्तीर्ण भएका छन्। त्यस्तै, ग्रेड वृद्धि परीक्षामा ४ हजार ९७६ जनाले भाग लिएकामा ३ हजार ५४० जना सफल भएका छन्। बोर्डका अनुसार कुल १४ हजार ९१० विद्यार्थी सहभागी भएकोमा ९ हजार ४५६ जना उत्तीर्ण भएका छन्। बोर्डले दुई जनाको परीक्षा रद्द गरेको जनाएको छ।

नतिजा राष्ट्रिय परीक्षा बोर्ड र नेपाल टेलिकमको वेबसाइटमा हेर्न सकिन्छ। नेपाल टेलिकमको १६०० मा एसएमएस गरेर वा १६०० र ८१६०१३ डायल गरी निर्देशनअनुसार पनि नतिजा प्राप्त गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="