after_navbar

ढाका विमानस्थलको कार्गो खण्डमा आगलागी, उडान स्थगित


कार्तिक ०२, २०८२


काठमाडौं,१ कार्तिक । बंगलादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो खण्डमा शनिबार आगलागी भएपछि सबै उडान अस्थायी रूपमा बन्द गरिएको छ।

ad

बंगलादेशको अग्रणी पत्रिका द डेली स्टारका अनुसार आगो नियन्त्रणमा लिन ३६ वटा दमकलका युनिट खटाइएका छन्।

अग्नि सेवा स्रोतलाई उद्धृत गर्दै पत्रिकाले लेखेको छ, “दिउँसो करिब २:३० बजे विमानस्थलको गेट नम्बर ८ नजिकैको कार्गो क्षेत्रबाट आगलागी सुरु भएको थियो।”

इन्टर-सर्भिसेज पब्लिक रिलेसन्स (ISPR)का अनुसार बंगलादेश नागरिक उड्डयन प्राधिकरण, अग्नि सेवा, नौसेना र वायुसेनाका दुई–दुई दमकल युनिट आगो निभाउने कार्यमा संलग्न छन्। त्यससँगै सीमा रक्षक बंगलादेश (BGB) का दुई प्लाटुन पनि राहत र उद्धार कार्यमा सहयोग गरिरहेका छन्।

ढाका विमानस्थल स्रोतहरूका अनुसार विमानस्थलमा अवतरणका लागि तय भएका कम्तीमा पाँच उडानलाई चटगाउँको शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थल र सिल्हेटको उस्मानी अन्तर्राष्ट्रिय विमानस्थलतर्फ डाइभर्ट गरिएको छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="