काठमाडौ,२ कार्तिक । एयर चाइनाद्वारा सञ्चालित एक यात्रुवाहक विमानमा शनिबार लिथियम ब्याट्रीमा आगलागी भएपछि सुरक्षित रूपमा चीनको सांघाई पुडोङ अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवतरण गरिएको छ।
पूर्वी चिनियाँ सहर हाङझाउबाट दक्षिण कोरियाको इन्चेन अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडेको उक्त विमानमा आगलागी भएको एयर चाइनाले जनाएको छ। एयरलाइन्सले वेइबोमा जारी गरेको विज्ञप्तिअनुसार, उडानका क्रममा ओभरहेड बिनमा राखिएको यात्रुको ब्यागमा रहेको लिथियम ब्याट्री अचानक प्रज्वलित भएको थियो।
चालक दलले तुरुन्तै निर्धारित प्रक्रिया अनुसार आगो नियन्त्रणमा लिएका थिए र घटनामा कसैलाई पनि चोटपटक लागेको छैन।
उडान सुरक्षा सुनिश्चित गर्न विमानलाई सांघाई पुडोङ विमानस्थलमा डाइभर्ट गरिएको एयर चाइनाले जनाएको छ। स्थानीय समयअनुसार बिहान ९ः४७ बजे हाङजाउबाट उडेको विमान बिहान ११ बजेपछि सांघाईमा सुरक्षित अवतरण गरेको थियो।
द चोसुन डेलीका अनुसार विमानलाई समुद्रमाथि पूर्ण रूपमा घुमाएर आपतकालीन अवतरण गराइएको
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस