काठमाडौ,१० कार्तिक। भारतको कोलकाता शहरबाट करिब १८० यात्रु बोकेर सोमबार इन्डिगोको उडान ६ई–१७०३ चीनको ग्वाङ्झाउ पुगेको छ। यससँगै भारत र चीनबीच पाँच वर्षदेखि रोकिएको सिधा हवाई सेवा पुनः सुरु भएको छ।
कोभिड महामारीका कारण सन् २०२० मा उडानहरू बन्द भएका थिए। त्यसै वर्ष लद्दाखको गलवान क्षेत्रमा भारतीय र चिनियाँ सेनाबीच भएको हिंसात्मक झडपका कारण सिधा हवाई सेवा रोकिएको थियो।
पछिल्ला वर्षमा दुई देशबीच सम्बन्ध सुधार हुँदै आएको छ। गत वर्ष सीमा गस्तीमा महत्त्वपूर्ण सम्झौता भएको थियो भने गत अगस्टमा सात वर्षपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले चीन भ्रमण गरी चीनका राष्ट्रपति सी जिनपिङसँग भेट गरेका थिए। त्यस्तै, चिनियाँ विदेशमन्त्री वाङ यीले पनि भारत भ्रमण गरेर सम्बन्ध सुधारका कदम चालेका थिए।
भारत सरकारले उडान पुनः सुरु हुनुले जनता–जनताको सम्पर्क बढाउने र द्विपक्षीय सम्बन्धलाई क्रमिक रूपमा सामान्यीकरण गर्न सहयोग पुग्ने बताएको छ।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस