after_navbar

एआई केन्द्रको स्थापना


कार्तिक २५, २०८२


काठमाडौ,२४ कार्तिक । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा राष्ट्रिय एआई (कृत्रिम बुद्धिमत्ता) केन्द्र स्थापना गरिएको छ । सोमबार सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले केन्द्रको औपचारिक उद्घाटन गरे ।

ad

उद्घाटन कार्यक्रममा मन्त्री खरेलले मन्त्रालयको सानो कोठाबाट सुरुवात गरिएको राष्ट्रिय एआई केन्द्र नेपालका लागि एआई क्षेत्रको ठूलो फड्को सावित हुने बताए । उनका अनुसार, एआई काउन्सिल गठन भइसकेको र एआई नीति पनि लागू भइसकेकाले अब नेपाल डिजिटल युगतर्फ अघि बढिसकेको छ ।

मन्त्री खरेलले जेनजी आन्दोलनका क्रममा उठाइएका सुशासन, भ्रष्टाचारमुक्त देश र रोजगारीजस्ता विषयहरूलाई एआई प्रणालीले सम्बोधन गर्न सक्ने उल्लेख गरे । उनले सरकारको सारथी र जनताको उद्देश्य पूरा गर्नका लागि एआईलाई महत्वपूर्ण उपकरणका रूपमा प्रयोग गरिने बताए ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="