after_navbar

करिब २५ सवारी आपसमा ठोक्किँदा ९ जनाको मृत्यु


कार्तिक २, २०८२


काठमाडौ,२८ कार्तिक । भारतको महाराष्ट्र राज्यस्थित पुणेको बाहिरी क्षेत्रमा रहेको नवले पुल नजिकै बिहीबार साँझ ठूलो सवारी दुर्घटना भएको छ। दुर्घटनामा २० देखि २५ सवारीसाधन आपसमा ठोक्किँदा कम्तीमा ९ जनाको मृत्यु भएको छ भने करिब २० जना घाइते भएका छन्।

ad

दैनिक भास्करको समाचार अनुसार, एक ट्रकको ब्रेक फेल भएपछि ट्रकले अगाडि चलेको कारलाई ठक्कर दियो। कार त्यसपछि अगाडि रहेका कन्टेनरसँग ठोक्किँदा भीषण आगलागी भयो। आगोले ट्रक र कार दुवै जल्न पुगे।

कारमा रहेका पाँच जना घटनास्थलमै जिउँदै जलेका छन्। ट्रक चालकसहित नौ जनाको मृत्यु भएको पुष्टि गरिएको छ।

दुर्घटना पुणे–नाशिक राजमार्गको भोरगाउँ नजिकै भएको हो।

दुर्घटनाको खबर पाए लगत्तै प्रहरी र दमकलका गाडीहरू घटनास्थलमा पुगेर आगो नियन्त्रणमा लिए। घाइते सबैलाई नजिकैका अस्पतालहरूमा भर्ना गरिएको प्रहरीको भनाइ छ।

प्रतिक्रिया दिनुहोस


© 2024 Pradesh Kura. All rights reserved.

Powered By : Clock b Business Technology

data-href="