काठमाडौ,२९ कार्तिक । नेपाल कम्युनिष्ट पार्टी ९एमाले० का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले सुशीला कार्की नेतृत्वको सरकारले प्रस्ताव गरेको फागुन २१ को निर्वाचनलाई “प्रतिक्रान्तिलाई वैधता दिन रचिएको हनी–ट्र्यापिङ” भनेर आरोप लगाएका छन्।
एमाले चितवनले नारायणगढमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै बादलले भदौ २३ र २४ गते देशविरुद्ध एउटा गम्भीर षड्यन्त्र चलाइएको दाबी गरे। उनले कार्की सरकारले निर्वाचन अघि ठूला दलहरूलाई कमजोर बनाउने रणनीतिअनुरूप काम गरिरहेको आरोप लगाए ।\
उनका अनुसार संविधानले निषेध गरेको पात्रलाई विदेशी शक्तिको निर्देशनमा प्रधानमन्त्री बनाइएको र अब चुनावमा पनि स्थापित दलका नेतालाई रोक्न खोजिएको छ। प्रतिनिधिसभा पुनःस्थापना भई जनप्रतिनिधिबाट बनेको सरकारले मात्र वैधानिक रूपमा निर्वाचन गर्न सक्ने उनको तर्क छ।
बादलले भदौ २३–२४ का घटनालाई “कलर रिभोलुसन” का नाममा नेपाललाई विदेशी स्वार्थको अखडा बनाउने प्रयासको हिस्सा भने। उनले आरोप लगाए— “नेपालका स्रोत–साधन कब्जा गर्न र छिमेकी देशहरूमा पृथकतावाद उकास्न नेपालमा सैनिक अड्डा बनाउने योजनाको एउटा कडी हो यो षड्यन्त्र। बालेन र रवि जस्ता नाममा कठपुतली ‘जेलेन्स्कीहरू’ तयार गर्न खोजिएको छ।”
स्थापित दलहरू आन्तरिक रूपमा विभाजित हुँदा देश जोखिममा परेको उनले चेतावनी दिए। प्रचण्ड र माधव नेपाल मिलेर बनाएको “नेपाली कम्युनिस्ट पार्टी” लाई उनले १० कोठे टहरो मात्र भन्दै दिगो अस्तित्व नबन्ने टिप्पणी गरे। मुल पार्टीमा फर्के मात्र उनीहरूको राजनीतिक भविष्य सुरक्षित हुने उनले बताए।
© 2024 Pradesh Kura. All rights reserved.
Powered By : Clock b Business Technology
प्रतिक्रिया दिनुहोस